संविधान सभाको पुनर्स्थापना हुनसक्ने: एमाले नेता नेपाल, नेपाललाई हङकङमा कालो झण्डा

१९ असार २०६९, मंगलवार ०३:४७ मा प्रकाशित

हङकङ, १८, असार । नेकपा एमाले बरिष्ठ नेता माधवकुमार नेपाललाई हङकङमा रहेका नेपालीहरुले कालो झण्डा देखाएका छन् । नेपाललाई संविधान नबनाएको र एकल पहिचानसहितको संघीयता नस्वीकारेको भन्दै कालो झण्डा देखाइएको हो । एमाले हङकङ कमिटिले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा सहभागी एक समूहले ‘संघीयता विरोधी-मूर्दावाद’, ‘एकल पहिचानसहितको संघीयता-जिन्दावाद’ भन्ने नारा लगाउँदै कालो झण्डा देखाएका थिए ।
नाराबाजी गर्नेहरुले कार्यक्रमस्थल छाडेपछि नेता नेपालले आफूलाई एमालेभित्र आदिवासी जनजातिमैत्री नेता भएको दावी गर्दै ‘म जस्तोलाई नै विरोध गर्दा मेरो चित्त दुख्यो’ भन्दै नेता नेपालले ‘सबैले समान अवसर पाउनु पर्छ भनेर एमालेभित्र आफुले वकालत गरिरहेको छु,’ भन्नुभयो ।
नेता नेपालले संविधान निर्माणको लागि पहिला राजनैतिक दलहरुले समझदारीको दस्तावेज तयार गर्नु पर्ने र त्यसपछि उपयुक्त विकल्पको खोजी गर्नु पर्ने भन्दै उयुक्त विकल्प आए संविधान सभाको पुनर्स्थापना हुनसक्ने बताउनुभयो । अबको चुनाव संविधान सभाको नभएर संसद र स्थानीय निकायको मात्र हुनसक्ने दाबी गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालगन्ज । बाँकेको भेरी अस्पतालमा १९० नमुना परीक्षण गर्दा ५५.७८ प्रतिशतमा कोरोना पोजेटिभ देखिएको छ । पछिल्लो २४ घण्टामा १९०

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

काठमाडौ । सरकारले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । कोभिड – १९ व्यवस्थापन केन्द्र

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री