पत्रकार एवं राजनीतिज्ञ राजाराम श्रेष्ठ सहितका अगुवा नेवारहरु बाल्टिमोरमा

१० चैत्र २०७२, बुधबार ०९:२४ मा प्रकाशित

बाल्टिमोर, १० चैत । विश्वभरका नेवारहरूको सम्मेलन अमेरिकामा हुने भएको छ । यही मार्च २५ देखि २७ तारिखसम्म अमेरिकाको बाल्टिमोरमा हुने दोस्रो वल्र्ड नेवा: कन्भेन्सनमा भाग लिन विश्वभर छरिएर रहेका नेवारहरू अमेरिका आउने क्रम जारी छ । नेपालबाट पत्रकार एवं राजनीतिज्ञ राजाराम श्रेष्ठसहित ३० जनाको टोली अमेरिका आइपुग्दै हुनुहुन्छ ।
प्राप्त जानकारीअनुसार विश्वभर छरिएर रहेका नेवारहरूले यस कन्भेन्सनमा आफ्नो भाषा, संस्कृति र पहिचानको विषयमा छलफल हुनेछ । कार्यक्रममा नेपालमा भइरहेको राजनीतिक गतिविधिबारे पनि अन्तरक्रिया हुनेछ । मातृभूमिको राजनीतिमा नेवारको सहभागिता र भूमिकाको कुरा गर्दा नेपाल निर्माणको इतिहासमा नेवारको भूमिकाको पनि समीक्षा गरिनेछ । राप्रपा नेपालका प्रवक्ता तथा पूर्वमेयर राजाराम श्रेष्ठले नेपालको वर्तमान राजनीतिक परिवेशबारे कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । कार्यक्रम वल्र्ड नेवा: अर्गनाइजेसनले आयोजना गर्न लागेको हो । यसअघि विश्व नेवा: कन्भेन्सन सन् २०११ मा बेलायतको लन्डनमा भएको थियो । यस कन्भेन्सनले नेवारहरुको विश्वव्यापी नेतृत्व चयन गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

लिसवोन । पोर्चुगलस्थित नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च पुनर्गठन भएको छ । ३५ सदस्यीय कार्य कार्यसमितिको अध्यक्षमा अध्यक्ष

नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु

दमास्कस । ओमानस्थित नेपाली राजदूतावासले हिजो शनिबार साहित्य र प्रकृतिसम्बन्धी एक वेबनारको आयोजना गरेको छ । काठमाडौँको सेरोफेरोका महत्वपूर्ण र