होलीमा रमाउँदै राजकुमार ह्यारी

९ चैत्र २०७२, मंगलवार २३:१८ मा प्रकाशित

लमजुङ, ९ चैत । नेपाल भ्रमणमा रहनुभएका बेलायती राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड ‘ह्यारी’ सद्भाव, मेलमिलाप र खुसीको पर्व फागूपूर्णिमाका अवसरमा आज अबिर रङ खेलेर यो पर्वको मज्जा लिनुभएको छ ।

पश्चिम पहाडको लमजुङ गौँडा गाविस समितिस्थित गौंडा माविको परिसरमा स्थानीयवासीसँग रङ खेलेर राजकुमार ह्यारीले हर्षोल्लासका साथ फागूपूर्णिमा मनाउनुभएको हो । ह्यारीलाई स्थानीय पञ्चकञ्या राजकुमारी थापा, भवी गुरुङ, अञ्जु गुरुङ, सुजाता गुरुङ र महिमा गुरुङले रातो अबिर लगादिएपछि होली खेल्ने कार्यक्रम सुरु भएको थियो ।

पाँचदिने नेपाल भ्रमणका क्रममा राजधानी, बर्दिया हुँदै घना गुरुङ बस्तीको सो गाउँमा सोमबार पुग्नुभएका ह्यारीले नेपाली लोकसंस्कृति र परम्परानुसार नै खुसियाली साटासाट गर्दै नेपालीको मन जित्न सफल हुनुभएको थियो ।

बर्दियामा जलयात्रा, घरबास र वन्यजन्तु अवलोकनपछि हेलिकप्टरमा लमजुङ पुग्नुभएका ह्यारी एक घन्टाको पैदलयात्रा गरी सोमबार साँझ नेपाली खानपिन र गुरुङ जातिको सांस्कृतिक कार्यक्रममा सहभागी हुनुभएको थियो ।

नेपाली गोर्खा सैनिकसँग रहेर अफगानिस्तानमा काम गर्नुभएका ह्यारी उनीहरुको वीरता, साहस र बहादुरी देखेर विशेष आकर्षित हुनुहुन्छ । वन्यजन्तु, पर्यावरण र परोपकारप्रति विशेष रुचि राख्ने ह्यारी हिमाल, प्राकृतिक दृश्यावलोकन र पदयात्राका समेत सौखिन हुनुहुन्छ ।

ह्यारी आजै बिहान सुन्दर पर्यटकीय नगरी पोखरा प्रस्थान गर्नुभएको छ । त्यहाँ उहाँले गोर्खा ब्रिटिस क्याम्पको भ्रमण गर्ने कार्यक्रम छ

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली काँग्रेसले केही दिनमै केपी ओली नेतृत्वको सरकार विस्थापित हुने दावी गरेको छ । माओवादी केन्द्र र जसपासँगको

काठमाडौं । सभामुख अग्नि सापकोटा विरुद्ध परेको मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर

काठमाडौं । सम्झौता अवधि सकिएको झण्डै नौ महिनापछि कन्सेप्ट डेभलोपमेन्ट प्रालिले काठमाडौँ प्लाजामा रहेका अधिकांश पसल हटाएको छ । गत

काठमाडौं । विवाद चर्किंदै गएपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) फुटको नजिक पुगेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा