एशियन मेलामा बृहत नेपाली सहभागिता

१८ असार २०६९, सोमबार १९:११ मा प्रकाशित

धर्मराज  अधिकारी, लण्डन । गि्रनवीच क्षेत्रमा रहेका विभिन्न एशियन समुदायका अग्रजहरुले आफ्ना कला संस्कृतिको जगेर्ना गर्न तथा समुदायबीच सम्बन्ध प्रगाढ बनाउन एशियन मेला आयोजना गरे । डायमण्ड जुब्ली एवं नजिकिंदै गरेको लण्डन ओलम्पिकको पुर्वसन्ध्यामा साउथइष्ट लण्डनमा आइतबार आयोजना गरीएको मेलाबाट एशियाको पर्यटन विकासमा पनि टेवा पुग्ने विश्वास लिइएको छ ।
एशियन म्युजीक फेस्टिवल नाम दिइएको मेला हेर्न गि्रनवीच क्षेत्रका सयौं नेपाली, भारतीय, बंगाली लगायत अन्य देशका मानिसहरु भेला भएका थिए ।

कार्यक्रम सफल पार्न गि्रनवीच क्षेत्रमा रहेका विभिन्न नेपाली समुदाय तथा भारतियहरुले सक्रिय भुमिका निर्वाह गरेका थिए । विलविचस्थित हाइली ट्रष्टेड साउथ लण्डन कलेजले प्रमोट गरेको एशियन मेलामा भट्टराई एण्ड को सोलिसिटर, मसला मार्ट र गोर्खा क्लवले स्टलहरु राखेका थिए ।

भव्य रुपमा नेपाली तथा हिन्दी गित संगितको संयोजन गरीएको कार्यक्रम नेपाल फोरम गि्रनवीच, पासापुचा गुठी, नेपाली विजनेश एशोसियसन लगायतका सस्थाहरुले संयोजन गरेका हुन । यसका अलावा अन्य एशियन मुलका समुदायहरुको पनि सहभागिता रहेको थियो ।

सधैंभरी विलविचपार्कको बिग स्क्रीनमा टेलिभिजन हेरेर बस्ने नेपालीहरुले सो दिन आफ्नै कला संस्कृतिले ओतप्रोत नेपाली गित संगितमा मनोरञ्जन लिए । विशेषगरी गोर्खा बृद्धबृद्धाहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा नेपालमा लोकपि्रय रहेको भैरब नाच प्रश्तुत गरीएको थियो । त्यस्तै गुल्मी जिल्ला समाजको संयोजनमा रहेको पञ्चे बाजा सहभागि सबै नेपाली र अन्य समुदायका मानिसहरुको मन जित्न सफल भयो । पञ्चेवाजामा गाइएको देशप्रेम झल्कने दोहोरी गितले सबैलाई नेपाल स्मरण गराएको थियो । सो अवसरमा जाउंजाउं रेलैमा बोलको गितमा नाचेका सुन्दरीहरुले सहभागि दर्शक दिर्घाको मन खिचेका थिए ।

सांगितिक माहौललाई अझ प्रगाढ पार्न बेलायतमा जम्दै गरेका कलाकारहरुको बेजोड प्रश्तुती रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

लन्डन । नेपाल पत्रकार महासङ्घ (एफएनजे) युके शाखाले एक समारोहबीच पत्रकार श्रीभक्त खनाललाई यस वर्षको ‘एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार’

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय तरुण विभागको डेनमार्क शाखा प्रमुखमा काभ्रेका प्रदिप तिवारी मनोनयन हुनु भएको छ । आठ वर्षदेखि

अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी हुनुभएको छ । स्थानीय समयानुसार शनिबार राति सम्पन्न