धराने ‘सोल्टिनी’सँग रंग पत्रकार विशाल राईको रोमान्स

७ चैत्र २०७२, आईतवार २३:४२ मा प्रकाशित

काठमाडौं । रंग पत्रकार विशाल राई पछिल्लो समय धराने सोल्टिनीसँग देखिएका छन् । गायिका तायाहाङ्मा राईको ‘कोई छ’ गीतको म्युजिक भिडियोमार्फत मोडलिङमा देखिएका विशालले हालै गायक भिषण राईको ‘धराने सोल्टिनी’ बोलको गीतमा मोडलिङ गरेका छन् । यो उनको दोस्रो म्युजिक भिडियो हो ।

‘कोई छ’ गीतको भिडियो दर्शकले निकै रुचाएका थिए । त्यसपछि मोडलिङमा हौसिएका विशालले भने, ‘रंग पत्रकारितासँगै अब मोडलिङलाई पनि अँगाल्ने छु ।’ उनले ‘धराने सोल्टिनी’ गीतको म्युजिक भिडियोमा सक्दो राम्रो काम गर्ने प्रयास गरेको बताए । यो भिडियो धरान आसपासमा छायांकन गरिएको छ । भिडियोमा विशालको साथमा मोडल रेखा फागो लिम्बुले मोडलिङ गरेकी छन् । भिडियोमा विशाल र रेखाको केमेस्ट्री निकै सुहाएको छ । उदय पुन मगरको निर्देशन रहेको यस म्युजिक भिडियोलाई पुराना सिनेम्याटोग्राफर युवराज राईले खिचेका हुन् ।

गायक भिषणको स्वरमा यस गीतमा ओमप्रकाश राईको संगीत छ भने तारा राईको शब्द रहेको छ । सबु राई र जाइका राईको कोरियोग्राफी रहेको यस म्युजिक भिडियोमा सोम मुग्रातीको मेकअप रहेको छ । गायक भिषणका अनुसार म्युजिक भिडियो नेपाली नयाँ वर्षको अवसरमा रिलिज गरिने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नायिका गरिमा पन्त आमा बन्ने भएकीछन् । पन्तले समाजिक सञ्जालमा फाटो राख्दै आफु आमा बन्न लागेको जानकारी गराएकी

बलिउड । लण्डनमा आयोजना भएको ‘बाफ्टा अवार्ड २०२१’मा सहभागी नायिका प्रियंका चोपडाले लगाएको पहिरनबारे सोसल मिडियामा निकै चर्चा भएको छ

काठमाडौँ । केहि महिना अघि ‘माझी दाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत ‘ओ

काठमाडौँ । ‘स्टार अफ द मिलिनियम २०२१’ छानौट हुने भएको छ । जसका लागि २० प्रतियोगी छनौट समेत छानिएका छन्