के यो सम्भव छ ?

७ चैत्र २०७२, आईतवार २३:२४ मा प्रकाशित

अहमदाबाद । भारतका सबैभन्दा धनी मानिस मुकेश अम्बानीका छोरा अनन्त अम्बानीले आफ्ना शरीरको तौल केही महिनाभित्र आधाभन्दा कम गराएका छन् । टाइम्स् अफ इण्डिया अनलाइनका अनुसार केही महिना अघि झण्डै १५० किलोका अनन्तले अहिले आफ्नो तौल ७० किलो घटाएका छन् ।

इण्डियन प्रिमियम लिग क्रिकेट हेर्ने दर्शकका लागि अनन्त कुनै नौलो अनुहार होइनन् किनकि उनी आफ्ना बाबु मुकेशको लगानी रहेको मुम्बई इण्डियन्सको म्याच हेर्न सधै स्टेडियम पुग्ने गर्दथे र विशेष गरेर टिभी च्यानलहरुले उनको अनुहारलाई बारम्बार देखाइरहन्थ्यो । त्यतिबेलाका भद्दा अनन्त केही महिनाकै अवधिमा अहिले निकै तन्दुरुस्त देखिएका छन् ।
गत शनिबार सार्वजनिक भएका अनन्तलाई देख्दा धेरै मानिसहरु अचम्ममा परे उनीहरुलाई विश्वास नै भएन यी नै मुकेशका ती मोटा छोरा हुन् भनेर । समाचार अनुसार अमेरिकी शारीरिक प्रशिक्षकहरुका रेखदेखमा उनले शरीरको तौल घटाउन सफल भएका हुन् ।

अनन्तले गुजरातस्थित आफ्नो रिफाइनरी कारखानामा बसेर निकै दिन दिनहुँ शारीरिक अभ्यास र दौड्ने गर्दथे जसको परिणाम सबैले देखेका छन् । शनिबार एक मन्दिरमा देखिएका अनन्त आध्यात्मिक स्वभाव भएको बताइन्छ । जेहोस् , उनले यसरी आफ्नो मोटोपन घटाएर दुब्लाउन चाहने मोटेहरुका लागि प्रेरणाका स्रोत भने पक्कै पनि बनेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मोवाइल चार्ज गर्ने क्रममा विद्युत लाइनमा हाइभोल्टेज

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

चितवनको माडी नगरपालिका–९ अयोध्याधाममा राम, सीता, लक्ष्मण र हनुमानको पूर्णकदका मूर्ति स्थापना गरिने भएपछि निर्माण कार्य तीव्ररुपमा अगाडि बढेको छ