सरकार चाँडै परिवर्तन गर्नुपर्छः एमाले अध्यक्ष

१८ असार २०६९, सोमबार १७:४४ मा प्रकाशित


काठमाडौ, १८ असार । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले अहिलेको असंवैधानिक सरकार चाँडै परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । नेकपा एमाले कोसी अञ्चलस्तरीय भेलालाई सम्बोधन गर्न विराटनगर जाने क्रममा विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष खनालले राष्ट्रिय सहमतिको सरकार बनाउन एमालेले पहिलो प्राथमिकता दिएको र त्यसका लागि प्रधानमन्त्रीले राजीनामा दिएमा मात्र सहमति हुने धारणा राख्नुभयो । पूर्व प्रधानमन्त्री खनालले प्रधानमन्त्री डा. भट्टराईको पछिल्लो अभिव्यक्तिले दलहरुबीच विश्वासको वातावरणमा खल्बलिएकाले अब दलहरुबीच नयाँ ढङ्गले अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष खनालले अब बन्ने सहमतीय सरकारको नेतृत्व गैरमाओवादीले गर्ने दाबी गर्नुभयो ।
यसैबीच भेलामा सहभागी हुन विराटनगरमा पुग्नुभएका नेता केपी शर्मा ओलीले संविधानसभा नभएको बेला राजीनामा दिएको प्रधानमन्त्रीलाई हटाउन एमालेले कुनै आन्दोलन नगर्ने बताउनुभएको छ । नेता ओलीले राजनीतिक सहमतिमा वर्तमान सरकार हट्नुको विकल्प नभएको पनि बताउनुभयो । उहाँले यो सरकार काम चलाउ मात्र भएकोले पूर्ण बजेट ल्याउन राजनीतिक दलहरुबीच सहमति कायम हुनुपर्छ अन्यथा दलहरुको बजेटमा कुनै समर्थन हँुदैन भन्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ । सो पार्टीले नेता नवराज सुवेदीको

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा