भट्टराई सरकारले बजेट ल्याए प्रतिकार गरिने

१८ असार २०६९, सोमबार १७:४२ मा प्रकाशित

काठमाडौ, १८ असार । प्रतिपक्षमा रहेका दलहरुले सरकारलाई सहमति विना बजेट ल्याउन नदिने निर्णय गरेका छन् । नेपाली काङ्ग्रेस, नेकपा एमाले र नवगठित नेकपा–माओवादीको आज बसेको सयुक्त बैठकले सरकारले पूर्ण बजेट ल्याउन नमिल्ने र ल्याउन खोजे प्रतिवाद गर्ने निर्णय गरेको हो । बैठकले सहमतिका लागि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजीनामा दिनुपर्ने पनि निस्कर्ष निकालेको छ । यसैबीच नवगठित नेकपा माओवादीका नेताहरुले काङ्ग्रेसका शिर्ष नेताहरुसँग पनि आजै छलफल गरेका छन् । काङ्ग्रेस सभापति सुशील कोइराला निवास महाराजगञ्जमा भएको छलफलले पनि सरकारले विनासहमति बजेट ल्याए त्यसको प्रतिकार गर्ने स्पष्ट पार्दै निकासकोलागी राष्ट्रपतिले आवशयक कदम चाल्नु पर्ने निष्कर्स निकालेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठक आह्वान गर्नुभएको छ । साउन २७ गते १: ०० बजे प्रदेश प्रमुखबाट प्रदेशसभाको

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

हुम्ला । मुगु र हुम्ला जिल्ला जोड्ने लिंक रोड निर्माण गरे पनि कर्णाली नदीमा पुल निर्माणमा ढिलाइ भएको छ ।

काठमाडौं । तीन साता बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैन । मन्त्रालयको टुंगो लाग्नु त परैजाओस्