ओली सरकार कुनैपनि बेला ढल्न सक्छ : बिजुक्छे

६ चैत्र २०७२, शनिबार २१:४६ मा प्रकाशित

काठमाडौं, ६ चैत । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार कुनैपनि बेला ढल्न सक्ने बताएका छन् ।

नेपाल क्रान्तिकारी युवा संघले आज सुर्खेतमा गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष बिजुक्छेले यस्तो बताएका हुन् ।

केपी ओली नेतृत्वको सरकार ढलेपछि बन्ने नयाँ सरकार राष्ट्रिय सरकार नभई संयुक्त सरकार मात्र हुने उनले बताए ।

कांग्रेस, एमाओवादी र मधेसवादी दलहरु मिलेर कुनै पनि बेला सरकार बनाउन सकिने भएकाले ओली नेतृत्वको सरकार कुनै पनि वेला ढल्न सक्ने उनले जिकिर गरे ।

सबै ठूला राजनीतिक दलहरु सरकारमा सहभागी भएमा देशमा तानाशाही प्रवृत्ति हावी हुने उनले बताए । देशमा तानाशाही प्रवृत्ति हावी हुन नदिन बलियो प्रतिपक्षीको आवश्यकता रहेको उनले बताए ।

आइतबार चीन भ्रमण गर्न लागेका प्रधानमन्त्री ओलीलाई अध्यक्ष बिजुक्छेले चीनसँग पेट्रोलियम पदार्थको व्यापार सम्झौता गर्न सुझाव दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नजाने भएका छन् ।

काठमाडौं । पार्टी ह्वीप उल्लंघन गर्ने कर्णाली प्रदेशका चार जना सांसदलाई प्रदेश संसदीय दलले कारबाही सिफारिस गरेको छ । माओवादी

काठमाडौँ । कर्णाली प्रदेश सरकारमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गर्ने नेकपा एमाले (नेपाल-खनाल पक्ष) का चार जना सांसदहरूलाई कारबाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभा बैठकमा विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा नेकपा