दानवीर नेपाली छोरो अर्जुन मैनालीद्वारा बाजुराका विपन्न विद्यार्थीलाई १ लाखको छात्रवृत्ति प्रदान

६ चैत्र २०७२, शनिबार ०७:२६ मा प्रकाशित

न्युयोर्क । दानवीर अर्जुनप्रसाद मैनालीले बाजुराका बिभिन्न स्कुलका कक्षा ८ का गरिब तथा जेहन्दार १० जना विपन्न विद्यार्थीलाई १ लाखको छात्रवृत्ति प्रदान गर्दै दुर्गम तथा गरिब जिल्लाका बिद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न आब्हान गरेका छन् । उनले भनेका छन्, ‘तपाइंको सानो सहयोगले अरुलाई पनि प्रेरणा मिल्न सक्छ। लक्षित बर्गलाइ सहयोग मिल्छ।’

अमेरिकाको न्युयोर्कमा बसोबास गर्दै आएका दानवीर नेपाली छोरो मैनालीले पछिल्लो पटक विक्रम संवत अन्तर्गत नयाँ बर्षको अवसर पारेर बाजुराका बिभिन्न स्कुलका कक्षा ८ का गरिब तथा जेहन्दार १० जना विपन्न विद्यार्थीलाई १ लाखको छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेका हुन् ।

यस अघि दानवीर अर्जुन मैनालीले एनआरएन अमेरिका मार्फत भुकम्प पिडितलाई बिस हजार, जाजरकोटका महामारी पिडितलाई दश हजार, मुगुकी अपाङ्ग गरिब सुत्केरीलाई तिस हजार, संबिधान जारि भएको समयमा जन्मिएकी गरिब बालिकालाई तेइस हजार, नेपाल लायन्स फ़ाउण्डेसनलाइ एक लाख, गुल्मीकी गरिब बिरामी श्रीमती र आत्माहत्या गर्न लागेका श्रीमानलाई दुइ लाख, र न्यु योर्क देखि अष्ट्रेलिया र अलास्काका नेपालि समुदायमा गइ १५१ पटक रगत दान गरिसकेका छन् ।

स्मरण रहोस दानवीर नेपाली छोरो अर्जुन मैनालीको एकल प्रयासमा प्रवाशी नेपालीले पहिलो पल्ट रक्त दान अभियान सुरु  गरेका थिए जुन अभियान यतिबेला अमेरिकी राष्ट्रपति बराक ओबामाद्वारा समेत सम्मानित भैसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

वासिङ्टन । कोरोनाभाइरस महामारीबाट एक वर्षदेखि सङ्कट व्यहोरिरहेको संयुक्तराज्य अमेरिकामा लाखौं अमेरिकी बेरोजगार छन् । अर्थतन्त्र पुनः खुला भएपनि कतिपय

इन्डियानापोलिस । अमेरिकाको इन्डियानापोलिस शहरमा बिहीबार अबेर साँझ एक व्यक्तिले अन्धाधुन्ध चलाएको गोली लागेर कम्तीमा आठ जनाको मृत्यु भएको छ

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले आगामी सेप्टेम्बर महिनाको ११ तारिखसम्ममा अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना सैनिक फिर्ता ल्याउने बताउनुभएको छ ।

न्यूयोर्क । अमेरिकाको साउथ क्यारोलाइनामा बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा एकै परिवारका पाँचजनाको मृत्यु भएको छ । दुई बालबालिकासहित पाँचजनाको