कतारमा साहित्यिक वाचन श्रृंखलाको ५५ औं डबली सम्पन्न

६ चैत्र २०७२, शनिबार ०७:०७ मा प्रकाशित

दिलिप पराजुली, दोहा । अन्तराष्ट्रिय नेपाली साहित्यिक समाज कतार च्याप्टर र नबोदित साहित्यिक वाचनालयको संयुक्त आयोजनामा कतारमा साहित्यिक वाचन श्रृंखलाको ५५औं डबली सम्पन्न भएको छ।

शुक्रबार दोहाको टपर्फम रेष्टुरेन्टमा सम्पन्न वाचन श्रृंखलाको ५५औं डबलीमा विशिष्ट श्रोताको रुपमा शनि कुमार वली रहेका थिए । कतारमा हरेक महिनाको दोश्रो शुक्रबारका दिन वाचन श्रृंखलाको आयोजना गर्ने गरिन्छ । प्रवासमा रहेर नेपाली कला र साहित्यको प्रष्फुटन गर्ने राम्रो मौका आयोजकले मिलाएको छ।

कार्यक्रममा श्रोताहरु कवि बिनोद खड्का, नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष गणेश प्रसाद बन्जाडे लगायत विभिन्न साहित्यिक व्यक्तिहरुको सहभागी रहेको थियो । कार्यक्रममा २१ जना भन्दा बढी साहित्यिक व्यक्तीहरुले आफ्नो सृजना वाचन गरेका थिए । कार्यक्रमलाई संयोजक मदन न्यौपानेले सन्चालन गरेका थिए । राष्ट्रिय गानसँगै उद्घाटन गरिएको कार्यक्रमा बिर शहिदहरुको सम्झनामा एक मिनेट मौन धारणा समेत गरिएको थियो। अनेसास कतारका सस्थागत संयोजक स्वर्गीय शिखर बैधको तेस्रो स्मृति दिवसको अवसरमा अनेसास कतारका अध्यक्ष तिर्थ संगम राइले बैधको जिबनी बारे प्रस्ट पारेका थिए।

कार्यक्रममा दर्पण दंगाली, राजन राई, ओम दाहाल, भुपराज राई, बिनोद खड्का, रुप रसाइली, दिलिप पराजुली, दिप मिलन बेचन महतो, नारायण पौडल, ईश्वर शाही, विजय थुम्बु, ईश्वर राई, मणी पौडल, श्याराज रानाभाट, बिन्देश्वर ठाकुर, राजन लामा, मदन न्यौपाने, राजक, पवन फुयाल, अविनाश सापकोटा, निराजन लुईटेल, लेख कार्की, निराजन लुइँटेल, सुरेशमान रुम्बा, तिर्थ संगम राई, इशु दिन मिया, र मदन न्यौपानेले गजल तथा कविता वाचन गरेका थिए।

कार्यक्रममा बोल्दै विशिष्ट श्रोता शनि कुमार वलीले प्रवासमा रहेर पनी साहित्यको जमघट हुनुले नेपाली साहित्य र सृजनामा थप टेवा पुगेको बताए । साहित्यिक क्षेत्र भनेको बिशुद्ध सस्था भएको बताए साहित्य बाट नै आफु जनायुद्मा प्रबेस गरेको बताउदै वलीले साहित्य बाट समाज परिबर्तन गर्न सकिने जानकारी दिए लामो समय देखि निरन्तर भएको यो डबलिलाई अझै निरन्तरता दिनु पर्छ भन्नेमा जोड दिए।

उनले भने साहित्य बाट नै कुन बर्गको निरन्तरता दिने भन्ने कुरामा जोड दिदै विशिष्ट स्रोता वलीले जनआन्दोलनमा भएको भाषण भन्दा एउटा कविताले बढि जन आवाज समेट्ने धारणा गरे । उनले सबैलाई धन्यवाद दिदै कार्यक्रमको समापन गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

लिसवोन । पोर्चुगलस्थित नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च पुनर्गठन भएको छ । ३५ सदस्यीय कार्य कार्यसमितिको अध्यक्षमा अध्यक्ष

नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु

दमास्कस । ओमानस्थित नेपाली राजदूतावासले हिजो शनिबार साहित्य र प्रकृतिसम्बन्धी एक वेबनारको आयोजना गरेको छ । काठमाडौँको सेरोफेरोका महत्वपूर्ण र