पूर्व गोर्खा सैनिकद्वारा प्रदर्शनी

६ चैत्र २०७२, शनिबार ०६:५९ मा प्रकाशित

काठमाडौँ, ५ चैत । बेलायतका राजकुमार ह्यारीको नेपाल भ्रमणको पूर्वसन्ध्यामा भूपू गोर्खा सैनिक सङ्घ (गेसो)ले शुक्रबार राजधानीस्थित बेलायती दूतावासमा ज्ञापनपत्र बुझाएको छ । लैनचौरस्थित सडक किनारामा केहीबेर प्रदर्शनी गरेपछि गेसोका सदस्यहरु दूतावास पुगेका थिए ।

गोर्खा सैनिकका नाममा पहिलो र दोस्रो युद्धमा होमिएका नेपाली युवा कुन कुन युद्धमा के कति परेका थिए भन्ने विषय तथा समान कार्यमा रहेका नेपाली र बेलायती सैनिकलाई सुविधामा किन विभेद भइरहेको छ भनी ध्यानाकर्षण गराउन प्रदर्शनी गरिएको गेसोले जनाएको छ । गेसोका अध्यक्ष पदमबहादुर गुरुङले दुई सय वर्षअघिदेखि गोर्खालीका नाममा हाम्रा बाजे, बराजुलाई भर्ती गर्ने काम भयो, यो अवधिमा ६० हजार नेपाली बेपत्ता भएका छन्, कुन कुन युद्धमा त्यो क्षति भएको हो, जानकारी मात्र माग्ने कुरा गरेका हौँ भन्ने अभिव्यक्ति दिएका छन् ।

यसैगरी गेसो सदस्य डम्बरबहादुर तुम्बाहाम्फेले समान कामको समान सुविधा पाउनुपर्छ भन्ने मान्यता विपरीत गोर्खा सैनिकमा रहेका नेपालीले प्राप्त गर्ने सेवासुविधालाई समान गरियोस् भनी आफूहरुले माग गर्दै आएको उल्लेख गरे । नेपालमा अहिले ३० हजारको हाराहारीमा भूपू गोर्खा सैनिक रहेको र करिब तीन हजार ५०० बेलायती सेनामा कार्यरत रहेको गेसोको कथन छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई

काठमाडौं । प्रहरीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली