गोर्खा कप २९ मे आइतवार हुँदै, तयारी तिब्र

६ चैत्र २०७२, शनिबार ०६:३२ मा प्रकाशित

चिरन शर्मा, लण्डन, ५ चैत । बेलायतवासी नेपालीहरुमा लोकप्रिय मानिएको गोर्खा कप २९ मे (आइतवार) अल्डरसट् स्थित क्वीगन्सख एभिन्यूहजमा हुँदैछ। चालीस वर्ष उमेर मुनिका टिम र चालीस वर्ष उमेर माथिका समूहले सो खेलमा भाग लिने आयोजकले जानकारी दिएका छन्। तमु धीं यूकेले वार्षिक रुपमा आयोजना गर्ने गोर्खा कपको यो १४ औं संस्करण हो।
नेपाली कला र संस्कृती झल्कउने झाँकीहरुको समेत प्रस्तुति रहने खेल १० हजारभन्दा बढी दर्शकले हेर्ने अनुमान लगाईएको छ । विश्व प्रसिद्ध पल्टतन ब्यानण्ड् (द ब्यानण्डा अफ ब्रिगेड अफ गोर्खाज) को सांगीतिक प्रस्तुती र प्याराजम्प, ताइकन्डो मुख्य आकर्षण हुने तमुधींका अध्यक्ष रामचन्द्र गुरुङले बताए।
बेलायतमा बसोबास गर्ने नेपाली जनसंख्याको ठूलो परिमाण रहेको अल्डरशट क्षेत्रमा आयोजना हुने सो खेल हेर्न बेलायतका बिभिन्न शहरबाट नेपाली समूदायको घुइचो लाग्ने गर्छ । अध्यक्ष गुरुङले विदेशी समूदायको सहभागिता समेत बढाउन यस पटक बिशेष पहल गरिने जानकारी दिए ।
खेल हेर्न नेपाली राजदूतको साथमा, स्थानीय मेयर, ब्रिगेडर गोर्खाज ह्यापम्पासैरका प्रहरी प्रमुख लगायतका विशिष्ठी पाउनाको उपस्थिति रहने अध्यक्ष गुरुङ्ले बताए। दिनभर आयोजना हुने कार्यक्रमको अन्तिम खेल भने बेलायतको साँझ ६ बजेको हाराहारीमा हुने बताईएको छ। खेलको बिजयी टिमले ट्रफिको साथमा १ हजार ५ सय पाउण्डर पुरस्का्र पाउने छ।
नेपालको पूर्व र पश्चि‍मी क्षेत्रका तर बेलायतमा बसोबास गर्ने गुरुङ समुदायको बाहुल्य ता रहेको तमु धीं यूकेले आयोजना गर्ने गोर्खा कप र नेपाली मेला सर्वाधिक नेपालीहरु भेला गराउने बार्षिक कार्यक्रमको रुपमा प्रख्यात रहेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-ट्‍वान्टी आइ सिरिजको तेस्रो खेल आज नेदरल्याण्ड्ससँग खेल्दैछ । यस सिरिजको फाइनलको यात्रा तय गरिसकेको नेपालले

काठमाडौं ।  त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ । कीर्तिपुरस्थित

इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत आजको दोस्रो खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । दिल्लीले पञ्जाब किङ्सलाई ६

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत मुम्बइ इन्डियन्स विजयी भएको छ । शनिबार राति सम्पन्न खेलमा मुम्बइले