द्वन्द्वपीडितद्वारा राहतको माग

१८ असार २०६९, सोमबार १६:५६ मा प्रकाशित


लमजुङ, १८ असार । ‘द्वन्द्वपछिको सामाजिक न्याय तथा मेलमिलाप’ विषयमा लमजुङ सदरमुकाम वेसीशहरमा अन्तरक्रिया सम्पन्न भएको छ । स्थानीय शान्ति समिति लमजुङको आयोजनामा भएको कार्यक्रममा जिल्लाका विभिन्न स्थानबाट आएका द्वन्द्वपीडितले तत्कालीनभन्दा दीर्घकालीन राहतको माग गर्दै सामाजिक न्याय र मेलमिलापको वातावरण मिलाईदिन सरकारसमक्ष माग राखे ।
कार्यक्रममा द्वन्द्वपीडितहरुले जिल्ला प्रशासन कार्यालयमा तथ्याङ्क अपडेट नभएको गुनासो गर्दै सरकारले दिने राहत प्याकेज शान्ति तथा पुनःनिर्माण मन्त्रालयवाट जवर्जस्ती तोकेर आएकोमा दुःख ब्यक्त गरे । उनिहरुले आगामी दिनमा राहतका कार्यक्रमहरु द्वन्द्वपीडितकै सल्लाह र मागअनुसार आउनुपर्ने माग गरेका थिए । कार्यक्रममा उपस्थित केही द्वन्द्वपीडितहरुले अहिलेसम्म आफूहरुले द्वन्द्वपीडितको नाउ“मा सरकारबाट केही सहयोग नपाएको गुनासोसमेत गरे ।
ईन्सेकको तथ्याङ्कअनुसार लमजुङमा सशस्त्र द्वन्द्वका बेला तत्कालीन विद्रोही माओवादीद्वारा ८४ जना र राज्यद्धारा ७३ गरि १ सय ५७ जना मारिएका थिए । यस्तै, राज्यद्वारा १३ जना र माओवादीद्वारा दुईजना अझै बेपत्ता अवस्थामा रहेको समेत कार्यक्रममा बताइएको थियो । कार्यक्रममा शान्ति तथा पुनःनिर्माण मन्त्रालयका उपसचिव देवराज ढकाल, शाखा अधिकृत दुर्गाप्रसाद भुषाल, प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारी, शान्ति समितिका संयोजक एवं एकीकृत नेकपा–माओवादीका इन्चार्ज देवेन्द्र पराजुली, शान्ति समितिका सदस्य एवं नेपाली कांग्रेसका सभापति कृष्ण कोईराला, समितिका सदस्य एवं नेकपा एमाले अध्यक्ष जमिन्द्रमान घले, सदस्य तथा राप्रपा अध्यक्ष बालचन्द्र श्रेष्ठ, ईन्सेक लमजुङ प्रतिनिधि कृष्णप्रसाद अधिकारी, द्वन्द्वपीडितहरु, लमजुङका सुरक्षा निकायका प्रमुखहरु, कार्यालय प्रमुखहरु, नागरिक समाज, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ

झापा । विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ