
ट्युनिस्,४ चैत, (एएफपी) । लिबियाको सीमाक्षेत्रमा ट्युनिसियाली सुरक्षाबल र आतङ्ककारीबीचको झडप पछिल्लो समयमा बढ्दै गएको समाचार छ ।
यस झडपमा परी गत हप्तामात्र पनि १० जनाभन्दा बढी संदिग्ध आतङ्ककारीको मृत्यु भएको थियो । झडप बुधबार रातिदेखि पुनःसुरु भएको बताइएको छ ।
बन्दुकधारीको एक समूहले लिबियाको सीमाक्षेत्रनजिकै रहेको सैनिक व्यारेक आक्रमण गरेपछि सो झडप भएको हो । सोही सैनिक पोष्टमा गतहप्ता भएको आक्रमणमा परी १० जना आतङ्ककारी मारिएका बताइएको थियो ।
सो आक्रमणमा परी कैयौं व्यक्ति घाइते भएका जनाइएको छ । तर यसको विस्तृत विवरण भने आएको छैन । ट्युनिसियाको राजधानीबाट ४५० किलोमिटर दक्षिणमा रहेको सो सहरमा अझै पनि झडप जारी रहेको प्रहरीको समाचारमा उल्लेख छ ।
यस उत्तर अफ्रिकी राष्ट्रमा गत वर्षदेखि थप हिंसा मच्चिएको छ । त्यहाँ पटकपटक आतङ्ककारी आक्रमण भइसकेको छ । लिबियाको सीमा क्षेत्रमा भएको यो आक्रमण यसै महिनाको दोस्रो पटकको हो ।
प्रतिक्रिया
सम्बन्धित खवर
विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० लाख २३ हजार नाघेको छ । संक्रमित हुनेको संख्या पनि १४ करोड
नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ
साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार
म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो