काँग्रेस पहिलो बैठक शुक्रबार

४ चैत्र २०७२, बिहीबार २२:०५ मा प्रकाशित

काठमाडौँ, ४ चैत । नेपाली काँग्रेसको १३ औँ महाविधेशनबाट गठित नयाँ कार्यसमितिको पहिलो बैठक शुक्रबार बस्ने भएको छ ।
पार्टीका मुख्य सचिव ऋषिकेश तिवारीले शुक्रबार दिउँसो २: ०० बजे पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन ललितपुरमा बैठक बस्ने तय भएको जानकारी दिनुभयो । महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यलाई केन्द्रीय निर्वाचन समितिले निर्वाचित भएको प्रमाणपत्र वितरण गरेको दुई दिनपछि बैठक बस्न लागेको हो ।
प्रमाणपत्र वितरण कार्यक्रममा पार्टीका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले सात जनालाई केन्द्रीय सदस्यका रुपमा मनोनयन गरेको घोषणा गर्नुभएको थियो । बैठकले उनीहरुको मनोनयनलाई अनुमोदन गर्ने बताइएको छ ।
काँग्रेस विधानअनुसार महाधिवेशनले पदाधिकारीसहित ६४ जनालाई निर्वाचित गरेको छ । महाविधेशनबाट सभापतिमा देउवासहित महामन्त्रीमा डा शशाङ्क कोइराला, कोषाध्यक्षमा सीतादेवी यादवसहित ६१ जना केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन यथावत् राखेको छ । माओवादी केन्द्र स्थायी कमिटीको मंगलबार बसेको बैठकले समर्थन

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसहित संघका २७ र प्रदेशका ५ सांसदलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशनको सन्दर्भमा पार्टीको क्रियाशील सदस्यताको विवरण केन्द्रमा बुझाउने समयावधि पुनःथप गरेको छ । जिल्ला

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ३२ जना सांसदको पद खोस्न सूचि तयार पारेको छ । संघीय