विश्व ट्वान्टी–२० क्रिकेट: भारतसंगको खेलमा न्युजिल्यान्डको दवावमुलक प्रदर्शन

३ चैत्र २०७२, बुधबार २३:१६ मा प्रकाशित

नागपुर, ३ चैत, (एएफपी) । मिचेल सान्टनरले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिएपछि न्युजिल्यान्डले आयोजक भारतमाथि मंगलबार ४७ रनको जित निकाल्दै विश्व ट्वान्टी–२० क्रिकेटमा प्रभावशाली सुरुआत गरेको छ ।

भारतले ५ रन बनाउँदै शिखर धवनलाई नाथन म्याकुलमले आउट गरेका थिए । उनले रनको खाता खोल्न मात्र भ्याएका थिए । रोहित शर्मा (५), सुरेश रैना (१) र युवराज सिंह (४) को विकेट गएपछि भारत २६–४ को स्थितिमा पुगेको थियो ।

विराट कोहली र कप्तान महेन्द्रसिंह धोनीले भारतको इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए । २७ बलमा २३ रन जोडेका कोहलीलाई आइस सोधीले पिचबाट हटाए । उनले ३ विकेट लिए । धोनी (३० बलमा ३० रन) लाई मिचेल सान्टनरले म्याकलममार्फत क्याचआउट गराए ।

धोनीले रविचन्द्रन आश्विन (१०) सँग मिलेर ४३–७ को स्थितिबाट उकास्दै भारतको स्कोर ७३ रनमा पुर्‍याएका थिए । तर, एडम मिल्नेले आशिष नेहरालाई शून्यमै बोल्ड गरेपछि भारत १८.१ ओभरमा ७९ रनमै अलआउट भयो ।

यसअघि भारतीय बलरले पनि न्युजिल्यान्डलाई खुलेर खेल्न दिएका थिएनन् । त्यसैले न्युजिल्यान्ड १२६–७ मा सीमित भएको थियो ।

टस जित्दै ब्याटिङ रोजेको न्युजिल्यान्डले सुरुमै विकेट गुमाए पनि कोरे एन्डरसनले नसोचिएको रूपमा धैर्यपूर्वक ३४ रन जोडेका थिए । अफ–स्पिन रविचन्द्रन अािश्वनको पहिलो ओभरको पहिलो बलमा छक्का प्रहार गरेका मार्टिन गुप्टिल लगत्तैको बलमा भने आउट भएका थिए ।

कप्तान धोनीले आश्विन र आशिष नेहरामार्फत स्पिन र तीव्र गतिको सन्तुलन मिलाउँदा किवी टिम ६१–४ को अवस्थामा पुगेको थियो । एन्डरसनले ४२ बल सामना गर्दै ४ चौका प्रहार गरेका थिए । ‘स्लो ट्रयाक’मा रोस टेलर (१० रन) र मिचेल सान्टनर (१८ रन) ले न्युजिल्यान्डको इनिङ्स उकास्ने प्रयास गरेका थिए ।

विश्व ट्वान्टी–२० को उपाधि दुईपल्ट जित्ने एक्लो टिम भारतले फिल्डिङमा पनि सुधारिएको प्रदर्शन गरेको थियो । अन्त्यतिर ल्युक रोन्चीले ११ बलमा २१ रन बनाएर न्युजिल्यान्डलाई सम्मानजनक स्कोरमा पुर्‍याएका थिए । उनले दुई चौका र एक छक्का प्रहार गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । लेग स्पिनर सन्दीप लामिछाने टी–२० क्रिकेटमा १०० खेल खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् । त्रिदेशीय टी–२० सिरिजअन्तर्गत

काठमाडौं । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत चेन्नइ सुपर किङ्स विजयी भएको छ । बुधबार राति

भारतमा जारी आईपीएलमा दिल्ली क्यापिटल्सले तेस्रो जित निकालेको छ । गएराति भएको खेलमा मुम्बईविरुद्धको खेलमा दिल्ली ६ विकेटले विजयी भयो

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपाल नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित भएको छ । नेपालले दिएको २ सय