राजनीतिक सहमतिमा पूर्ण आकारको बजेट आउने प्रचण्डको भनाइ

१८ असार २०६९, सोमबार १४:५४ मा प्रकाशित


काठमाडौ, १८ असार । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक सहमतिमा आर्थिक वर्ष २०६९÷७० को बजेट आउने बताउनु भएको छ । उद्योग वाणिज्य महासङ्घका पदाधिकारीको टोलीसँग आज विहान भएको भेटमा प्रचण्डले सर्वोच्च अदालतको हिजोको फैसलाले पूर्ण आकारको बजेट ल्याउन सरकारलाई बाटो खुल्ला गरिदिएको बताउनुभयो । महासङ्घको टोलीसँग प्रचण्डले राजनीतिक सहमतिकै आधारमा पूर्णबजेट आउनेमा ढुक्क हुन आग्रह गर्नु भएको थियो । उद्योग वाणिज्य महासंघका पदाधिकारीहारुले भने देश आर्थिक हिसावले जटिल अवस्थामा पुगेकोभन्दै राजनीतिक सहमतिका आधारमा पूर्णआकारको बजेट ल्याउन आग्रह गरेका थिए । भेटमा सहभागी अर्थमन्त्री बर्षामान पुनले सरकार पूर्णआकारको बजेट ल्याउने गरी तयारीमा लागेको जानकारी गराउनु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय जनमोर्चाले एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । जनमोर्चाका अध्यक्षले अध्यक्ष

काठमाडौं । आज विक्रम संवत् २०७८ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिक्षण संस्थाहरु एक महिना बन्द गर्न सरकारलाई सिफारिस गरेको छ। मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका