पेसावरमा बसमा बम विस्फोट, १६ जनाको मृत्यु

३ चैत्र २०७२, बुधबार २२:३५ मा प्रकाशित

पेसावर, ३ चैत, (एएफपी) । पाकिस्तानी उत्तरपश्चिमी सहर पेसावरमा बुधबार बिहानै एक यात्रुबाहक बसमा भएको बम हमलामा परी कम्तीमा पनि १६ जनाको ज्यान गएको छ ।
सो आक्रमणमा परी अरु करिब दुई दर्जन नागरिक घाइते भएका छन् । पेसावर पाकिस्तानको एक समस्याग्रस्त सहर हो । त्यहाँ तालिवानहरुले बारम्बार यस्ता आक्रमणका घटना गराउने गरेका छन् ।
बसमा राखिएको बम अकस्मात विस्फोट भएको र त्यसपछि बसमा आगो लागेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । उनीहरुकाअनुसार बसभित्रै भएको बमबाट कतिपय नागरिक आतङ्कित भई भित्रै बेहोस भएका र उनीहरु आगोमा परेका थिए ।
उक्त बसमा अधिकांश सरकारी कर्मचारी चढेका थिए । उनीहरु सद्दार जिल्लाको बाटो भएर जाने क्रममा बस गुडिरहेका बेला बाटोमै विस्फोट भएको थियो ।
यस आक्रमणको कसैले पनि जिम्मेवारी लिएको छैन । तर पाकिस्तानले गएको कम्तीमा पनि एक दशकभन्दा लामो समयदेखि तालिवान आतङ्क झेलिरहेकोले यस आक्रमणमा पनि उनीहरुकै हात हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।
एकजना वरिष्ठ प्रहरी अधिकारी मोहम्मद कासिर जुल्फिकारले दिएको जानकारीअनुसार सो विस्फोटमा परी कम्तीमा पनि १६ जनाको ज्यान गएको छ भने अरु करिब २४ जना नराम्ररी घाइते भएका छन् ।
अर्का एकजना प्रहरी अधिकारीले पाकिस्तानको पश्चिमी नगर मार्दनबाट सरकारी कर्मचारीहरु बोकेर सो बस पेसावरतर्फ गइरहेको थियो ।
सरकारी अधिकारी नै बसमा रहेकोले आक्रमण गरेको अनुमान प्रहरीले गरेको छ । तर यस विषयमा अनुसन्धान भने भएको छैन ।
पाकिस्तानमा पछिल्लो समयमा त्यहाँका तालिवानहरुले सर्वसाधारणमाथि गर्ने गरेको आक्रमणलाई तिब्र पारेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० लाख २३ हजार नाघेको छ । संक्रमित हुनेको संख्या पनि १४ करोड

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो