
पोखरा, ३ चैत । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को ३७ औँ मन्त्रिपरिषद् बैठकको पूर्वसन्ध्यामा आज सार्क स्थायी समितिको बैठक यहाँ सुरु भएको छ । आठवटै सदस्य मुलुकका परराष्ट्र-बाह्य मामिला मन्त्रालयका सचिव सम्मिलित बैठकको अध्यक्षता नेपालका परराष्ट्र मन्त्रालयका सचिव शङ्करदाश वैरागीले गर्नुभएको छ ।
बैठकमा सार्क क्षेत्रको युवा बेरोजगार समस्या समाधान गर्ने विषय सम्बन्धी प्रस्ताव ‘युथ चार्टड’ लगायतका विषयमा छलफल गरिने जनाइएको छ ।
स्थायी समितिको ४२ औँ बैठकमा भाग लिन सदस्य राष्ट्रका परराष्ट्र-बाह्य मामिला मन्त्रालयका सचिव हिजो अपराह्न पोखरा आइपुग्नुभएको हो । रासस
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको पहिलो मात्रा खोप लगाएकाहरुलाई आजदेखि दोस्रो मात्रा खोप दिन सुरु गरेको छ । पहिलो चरणमा
काठमाडौं- प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल
काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई