काठमाडौंमा भारत-पाकिस्तान विदेश मन्त्रिस्तरीय वार्ता हुने संभावना

३ चैत्र २०७२, बुधबार २२:२९ मा प्रकाशित

नयाँ दिल्ली, ३ चैत (सिन्ह्वा)। भारत र पाकिस्तानका विदेशमन्त्रीस्तरीय वार्ता बिहीबार काठमाडौंमा हुनसक्ने अनुमान गरिएको छ ।
भारतीय विदेशमन्त्री सुष्मा स्वराज र पाकिस्तानी प्रधानमन्त्रीका विदेशमामिलासम्बन्धी सल्लाहकार सरताज अजिजबीच नेपालमा वार्ता हुनसक्ने समाचार भारतीय विदेशमन्त्रालयको समाचार स्रोतले दिएको छ ।
समाचार स्रोतकाअनुसार नेपालको पोखरामा हुन लागेको सार्क मन्त्रिपरिषदको बैठकका क्रममा उहाँहरुबीच अलग्गै भेटवार्ता हुनसक्ने समाचारमा जनाइएकोछ ।
यसअघि भारतमा केही समयअघि इीनडयन एयर बेसमा भएको आतङ्ककारी हमलापछि भारत र पाकिस्तानका विदेशसचिवस्तरीय वार्ताको कार्यक्रम तय भएर पनि रोकिएको थियो ।
उक्त वार्तालाई निरन्तरता दिने विषयमा पनि उहाँहरुबीचको यस भेटका क्रममा छलफल हुने जानकारी नाम नबताउने शर्तमा भारतीय विदेशमन्त्रालयको स्रोतले जनाएको छ ।
आगामी वर्ष पाकिस्तानमा हुने सार्क सम्मेलनका विषयमा यस मन्त्रिपरिषद बैठकमा छलफल हुने छ । तर यी दुई देशको वार्ताको औपचारिक एजेण्डा के हुनेछ भन्ने बारेमा भने केही पनि बताइएको छैन ।
पाकिस्तानी प्रधानमन्त्रीका विदेशमामिलासम्बन्धी सल्लाहकार सर्ताज अजिजले भने पाकिस्तानी प्रधानमन्त्रीका तर्फबाट आगामी १९ औं सार्क शिखर सम्मेलनमा सहभागिताका लागि उपस्थित हुन आमन्त्रण गर्नुहुने जनाइएको छ ।
तर सम्भावित त्यस वार्ताको औपचारिक एजेण्डा भने केही तय भएको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्कालाई पनि हटाएको छ । खड्काले दल त्याग गरेको सूचना माओवादी

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षकालाई हटाएर स्थायी समिति गठन गरेका छन्

काठमाडौं । आन्तरिक किचलोका कारण बिभाजनको अन्तिम बिन्दुमा पुगेको बेला सत्तारुढ नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठक आज बस्दैछ

भारतको राजधानी दिल्लीका ६ वटा मुख्य अस्पतालमा विरामीको जीवन रक्षाका लागि अतिआवश्यक अक्सिजन पूर्ण रुपमा सकिएको छ । अन्य अस्पतालहरुमा