रियल म्याड्रिडको संघर्षपूर्ण जित

२ चैत्र २०७२, मंगलवार २२:५१ मा प्रकाशित

म्याड्रिड, २ चैत, (एएफपी)। रियल म्याड्रिडले आइतबार स्पेनी ला लिगामा लास पाल्मासलाई २–१ ले हराउन संघर्ष गर्नु पर्‍यो । जिनेदिन जिदानको रियललाई जितका लागि ब्राजिली मिडफिल्डर कासेमिरोले इन्ज्युरी समयमा गोल गर्नुपरेको थियो ।

यो जितले शीर्षस्थानमा रहेको बार्सिलोना र तेस्रोमा रहेको रियलबीचको दूरी फेरि १२ अंकमा छोटिएको छ ।
रियलले सर्जियो रोमोले हेडबाट गरेको गोलबाट अग्रता लिएको थियो ।

लास पाल्मासले खेल सकिन ३ मिनेट अगाडि बराबरी गोल फर्काएपछि खेल बराबरीतर्फ अग्रसर थियो । त्यो गोल विलियन जोसको नाममा थियो । तर पोर्चुगिज मिडफिल्डर कासमिरोले अन्त्यमा निर्णायक गोल गरे ।

रियलको ६३ अंक छ, जुन शीर्षस्थानमा रहेको प्रमुख प्रतिद्वन्द्वी बार्सिलोनाभन्दा १२ अंकले पछाडि हो । दोस्रो स्थानको एट्लेटिको म्याड्रिडको ६७ अंक छ ।

आइतबारका अरू खेलमा ग्यारी नेभिलको भ्यालेन्सिया लेभान्टेसँग डर्बी खेलमा १–० ले पराजित रह्यो । नेभिलसँगै म्यानचेस्टर युनाइटेडबाट खेलेका गुइसेपे रोसीले डर्बीमा लेभान्टेबाट गोल गरे । डिसेम्बरमा नेभिलले टिम सम्हालेयता भ्यालेन्सियाले लिगका १५ खेलमा ३ मा मात्र जित हात पारेको छ ।

भ्यालेन्सिया अहिले १२ औं स्थानमा छ र टोली रेलिगेसन क्षेत्रभन्दा ८ अंकले मात्र माथि छ । सन् १९८७–८८ मा भ्यालेन्सियाले लिग १४ औं स्थानमा टुंगाएको थियो, जुन टिमको अहिलेसम्मकै कमजोर प्रदर्शन थियो । अहिले भ्यालेन्सियाका लागि त्यही चुनौती पार गर्नु ठूलो उपलब्धि हुने देखिएको छ ।

सेभियाले आइतबार भएको अर्को खेलमा भिल्लारियललाई ४–२ ले हराएर अर्को सिजन युरोपेली च्याम्पियन्स लिग खेल्न सम्भावना कायम राख्यो । भिल्लारियल ५३ अंकसाथ चौथो स्थानमा छ ।

पाँचौं स्थानको सेभियाभन्दा भिल्लारियल ५ अंकले अगाडि छ । स्पेनिस लिगको शीर्ष चार टिमले अर्को सिजनको च्याम्पियन्स लिगमा खेल्न पाउने प्रावधान छ ।

इंग्ल्यान्ड
लन्डन । ह्यारी केनले इङलिस प्रिमियर लिगमा टोटेनहमको उपाधि जित्ने अभियानलाई आइतबार राति फेरि ब्युँझाएका छन् । उनको दुई गोलमा टोटेनहमले अंक तालिकाको पुछारमा रहेको एस्टन भिल्लालाई २–० ले हरायो ।

हारले रेलिगेसनतर्फ अग्रसर भिल्लाको स्थिति अझ दयनीय भएको छ । इङलिस फरवार्ड केनले दुवै हाफमा गोल गरे र यो सिजन उनको गोल संख्या २२ पुगेको छ ।

भिल्ला पार्कमा प्राप्त जितले स्पर्श लिग तालिकाको शीर्षस्थानमा रहेको लेस्टर सिटीसँग दुई अंकको दूरीमा रहन सफल रह्यो । भिल्लामाथिको जित टोटेनहमका लागि राहत भएको छ । यसअघि टोटेनहम लिगमा आर्सनलसँग बराबरीमा रोकिएयता बोर्सिया डर्टमन्डसँग युरोपा लिगमा पराजित भएको थियो । केनको दुवै गोलमा उनको इङलिस साथी खेलाडी डेल अलीले पास मिलाए ।

आइतबार नै एफए कपमा म्यानचेस्टर युनाइटेड र वेस्ट ह्यामले १–१ को बराबरी खेले । एन्थोनी मार्सिएलले खेलको अन्त्यतिर गोल गरेपछि युनाइटेडले बराबरी नतिजा निकालेको हो । यसअघि वेस्ट ह्यामले डिमिट्री पायेटको गोलले अग्रता लिएको थियो ।

अर्को खेलमा वाटफोर्डले डिफेन्डिङ च्याम्पियन आर्सनललाई २–१ ले हरायो र सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गर्‍यो ।

इटाली
मिलान– गोन्जालो हिगुइनले गोल गरेपछि नेपोलीले आइतबार पार्लेमोलाई १–० ले हरायो र इटालियन सिरी ‘ए’ मा आफ्नो उपाधि होडलाई कायम राख्यो । अर्जेन्टिनी स्ट्राइकर हिगुइनले पेनाल्टीमा गोल गर्दै यस सिजनको सिरी ‘ए’ मा आफ्नो गोल संख्या २७ पुर्‍याएका छन् ।

पछिल्लो खेलमा युभेन्ट्स विजयी रहेपछि उसले दोस्रोमा रहेको नेपोलीमाथि छ अंकको अग्रता खोलेको थियो । अब यो फेरि तीन अंकमा झरेको छ । एएस रोमा भने तेस्रो स्थानमा छ र उसले अर्को खेलमा युडिनेजीलाई २–१ ले हरायो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत मुम्बइ इन्डियन्स विजयी भएको छ । शनिबार राति सम्पन्न खेलमा मुम्बइले

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपालले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत चेन्नइ सुपर किङ्स विजयी भएको छ । प्रतियोगितामा पहिलो जित हासिल

नेपाल, मलेसिया र नेदरल्यान्ड्सबीच हुने त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजको ट्रफी सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले पत्रकार