अध्यादेशमार्फत् ल्याउने बजेट नदिने काङ्ग्रेस सभापतिको अडान

१८ असार २०६९, सोमबार १४:४६ मा प्रकाशित


काठमाडौ, १८ असार । नेपाली काङ्ग्रेसका नेताहरुले चुनाव घोषणा गरिसकेको कामचलाउ सरकारले अध्यादेशमार्फत् ल्याउने बजेट कुनै हालतमा नमान्ने बताएका छन् । उनीहरुले संविधानसभा भङ्ग हुनुमा एकीकृत माओवादी र मधेसी मोर्चाको गठबन्धन सरकार नै पूर्णरुपमा दोषी रहेको भन्दै प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजीनामा दिएर राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि मार्गप्रशस्त गर्नुपर्ने बताएका छन् । गिरिजाप्रसाद कोइरालाको ८९ औँ जन्मजयन्तीका अवसरमा काङ्ग्रेस काठमाडौँले  आज राजधानीमा गरेको कार्यक्रमका वक्ताहरुले माओवादीको सत्ताकब्जा, सत्तालिप्सा र सत्तामोह अब कुहिएको फर्सीजस्तो भएकाले अब त्यो छानाबाट झर्नमात्र बाँकी रहेको बताएका छन् ।
संविधानसभाको अवसान र शान्ति प्रक्रियाको भावी कार्यदिशा विषयक गोष्ठीमा काङ्ग्रेस सभापति सुशील कोइरालाले संविधानमा समेत सहमतिबाटै राजनीतिक निकास खोज्नुपर्ने भनेकामा माओवादीले एकलौटी ढङ्गले चुनाव घोषणा गरेर अलोकतान्त्रिक काम गरेको बताउनुभयो । उहाँले सहमतिबिना अध्यादेशमार्फत ल्याउन खोजेको पूर्णबजेट कुनै हालतमा स्वीकार नगरिने पनि बताउनुभयो ।
महामन्त्री प्रकाशमान सिंहले माओवादी मोर्चाको कारण परिणामविहीन भएर संविधानसभाको अवसान भएको र प्रधानमन्त्री डा बाबुराम भट्टराईको अलोकतान्त्रिक कदमका कारण संवैधानिक सङ्कट आएको बताउनुभयो । अर्का महामन्त्री कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री डा बाबुराम भट्टराई संविधानसभा बचाउनभन्दा कुर्सी बचाउन लागेकै कारण सङ्कट भित्रिएको बताउँदै माओवादीको सत्ताकब्जा र सत्तामोह धेरै दिन नटिक्ने दाबी गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय जनमोर्चाले एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । जनमोर्चाका अध्यक्षले अध्यक्ष

काठमाडौं । आज विक्रम संवत् २०७८ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिक्षण संस्थाहरु एक महिना बन्द गर्न सरकारलाई सिफारिस गरेको छ। मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका