अङ्कारा विस्फोटमा ३६ जनाको मृत्यु

१ चैत्र २०७२, सोमबार २१:२२ मा प्रकाशित

अङ्कारा, १ चैत, (एएफपी)। टर्कीको राजधानी अङ्कारामा आइतबार भएको आत्मघाती बम विस्पोटमा परी मृत्यु हुनेको सङ्ख्या सोमबारसम्ममा ३६ पुगेको यहाँका स्वास्थ्यमन्त्री मेमेत मुएजिनोग्लुले बताउनुभएको छ ।

सोमबार बिहानसम्म विस्पोटमा घाइते भएका र अस्पतालमा उपचारार्थ मध्ये थप तीन जनताको मृत्यु भएको मन्त्री मुएजिनोग्लुले बताउनुभयो ।

आइतबार भएको उक्त विस्पोट गएको पाँच महिनामा तीन शक्तिशाली विस्पोट भएको सरकारले बताएको छ । विद्रोहीले प्रधानमन्त्री कार्यालय तथा संसद कार्यालय नजिकै भएको व्यस्त सडकमा विस्पोट गराएको थियो ।

स्वास्थ्यमन्त्री मुएजिनोग्लुले सरकार आतङ्कवादी र तीनका हिसांजन्य आक्रमणबाट नर्ससिने बरु सामान्य नागरिकलाई लक्षित गरी घटाइने यस्ता घटनाको डटेर सामाना गर्ने बताउँदै टर्कीबाट आतङवाद परास्त गरेरै छाडन सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० लाख २३ हजार नाघेको छ । संक्रमित हुनेको संख्या पनि १४ करोड

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो