एकीकृत माओवादी र मधेसी मोर्चा संविधान र बजेटमा समान धारणा बनाएर अघि बढ्ने

१८ असार २०६९, सोमबार १४:४४ मा प्रकाशित


काठमाडौ, १८ असार । सत्तारुढ एकीकृत नेकपा माओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा संविधान निर्माण, बजेटलगायतका विषयमा समान धारणा बनाएर अगाडि बढ्न सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले संविधान निर्माण, नयाँ बजेट, निर्वाचनलगायतका विषयमा प्रतिपक्षी दलहरुलाई सहमतिमा आएर प्याकेजकै आधारमा निकास निकाल्न तयार भए मात्रै समस्याको समाधान हुने निष्कर्ष निकालेको छ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मधेसी जनअधिकार फोरम गणतान्त्रिकका कार्यवाहक अध्यक्ष एवम् सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले विवादित सबै विषयमा सहमति खोज्न प्रतिपक्षी दलहरुलाई आग्रह गर्ने निर्णय भएको जानकारी दिनुभयो । संविधानसभा विघटन भएपछिको अवस्थामा सरकारले मङ्सिर ७ गते घोषणा गरेको निर्वाचनलाई सफल बनाउन लाग्नुपर्नेमा जोड दिइएको थियो । संविधान निर्माणका लागि सहमति खोजेर अगाडि बढ्नुपर्ने, पहिचानसहितको सङ्घीयतामा नेपाली काङ्ग्रेस र नेकपा एमाले  तयार भएमात्रै संविधानसभाको पुनः स्थापना हुनसक्ने विषयमा पनि छलफल भएको मन्त्री यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई

काठमाडौं । प्रहरीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली

काठमाडौँ । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको