काँग्रेस प्रदेश केन्द्रीय सदस्य मतगणना सम्पन्न

१ चैत्र २०७२, सोमबार २१:०७ मा प्रकाशित

काठमाडौँ, १ चैत । नेपाली काँग्रेसमा १३ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचनको सबै पदको मतगणना सम्पन्न भएको छ ।काँग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य प्रदीप पराजुलीका अनुसार केहीबेरअघि सम्पन्न प्रदेश केन्द्रीय सदस्यको मतगणनानुसार प्रदेश नं १ बाट गुरुराज घिमिरे एक हजार ३४० र भीष्मराज आङ्देम्बे एक हजार २०८ मत ल्याई विजयी भएका छन् ।
प्रदेश नं २ बाट आनन्दप्रसाद ढुङ्गाना एक हजार ४६१ र रमेश रिजाल एक हजार ४५७ मतसहित विजयी हुनुभएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । प्रदेश नं ३ बाट नवीन्द्रराज जोशी एक हजार २२५ र मोहनबहादुर बस्नेत एक हजार ६७ मत ल्याई विजयी हुनुभएको तथा प्रदेश नं ४ बाट गोविन्द भट्टराई एक हजार २९९ र सुरेन्द्रराज पाण्डे एक हजार २८६ मतसहित विजयी भएका छन् ।

प्रदेश नं ५ बाट दीपक गिरी एक हजार ४७२ र देवेन्द्रराज कँडेल एक हजार ३४७ मत, प्रदेश नं ६ बाट हृदयराम थानी एक हजार ६१२ र जीवनबहादुर शाही एक हजार ५२ तथा प्रदेश नं ७ बाट दिलेन्द्रप्रसाद बडू एक हजार ६०२ र वीरबहादुर बलायर एक हजार ३८९ मतसहित केन्द्रीय सदस्यमा विजयी भएको समितिले जनाएको छ ।

काँग्रेस विधानमा प्रत्येक प्रदेशबाट दुई जनाका दरले केन्द्रीय सदस्यको निर्वाचन हुने प्रावधान छ । तीन पदाधिकारी, २१ समावेशी र २५ खुला केन्द्रीय सदस्यको मत परिणाम भने यसअघि नै सार्वजनिक भइसकेको छ । काँग्रेसको १३औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा तीन हजार १६१ मतमध्ये तीन हजार १४८ मत खसेको थियो । खुला २५ सदस्यका लागि ९० र सात प्रदेशको १४ स्थानका लागि ६७ जनाले उम्मेदवारी दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नजाने भएका छन् ।

काठमाडौं । पार्टी ह्वीप उल्लंघन गर्ने कर्णाली प्रदेशका चार जना सांसदलाई प्रदेश संसदीय दलले कारबाही सिफारिस गरेको छ । माओवादी

काठमाडौँ । कर्णाली प्रदेश सरकारमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गर्ने नेकपा एमाले (नेपाल-खनाल पक्ष) का चार जना सांसदहरूलाई कारबाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभा बैठकमा विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा नेकपा