सर्वोच्चद्वारा नोटमा केरमेट तथा जथाभावी स्टिच नलगाउन अन्तरिम आदेश जारी

१ चैत्र २०७२, सोमबार ००:३९ मा प्रकाशित

काठमाडौँ, ३० फागुन । सर्वोच्च अदालतले नोटमा केरमेट तथा जथाभावी स्टिच नलगाउन नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयको नाममा अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले नोटमा जथाभावी स्टिच तथा केरमेट नर्गन अन्तरिम आदेश दिएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाई अधिवक्ता अनन्तराज लुईंटेल, मनोजकुमार खड्का, प्रवीन्द्रराज जोशी र रुद्रप्रसाद पाठकले यही फागुन २७ गते रिट निवेदन दायर गर्नुभएको थियो। निवेदनमा नोटका बिटामा केरमेट गर्ने, लेख्ने, स्टिच गर्नाले झुत्रो हुने हुँदा आफूहरूको सम्पत्तिसम्बन्धी हकमा समेत आघात पुगेको उल्लेख थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

कैलाली । भारतको उत्तर प्रदेशसँग सीमा जोडिएको कैलालीको गौरीफन्टा सीमा नाकामा भोलिसम्मका लागि आवागमन बन्द गरिएको छ । उत्तर प्रदेशका

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार

काभ्रेपलाञ्चोक । जिल्लाको पुराना तीन नगर बनेपा, धुलिखेल र पनौती ‘काभ्रे’ स्मार्ट सिटीका नामले परिचित हुन संरचना निर्माण प्रक्रियालाई तीव्रता

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा रु छ खर्ब ४२ अर्ब १४ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ