पूर्वराजाद्वारा पुजा–अर्चना शुरु

१८ असार २०६९, सोमबार १३:४८ मा प्रकाशित


काठमाडौं, असार १८ । धार्मिक यात्राका क्रममा हिजो भैरहवा पुग्नुभएका पूर्वराजा ज्ञानेन्द्र शाहले कपिलवस्तुको लक्ष्मीनारायण र दुर्गा मन्दिरमा पुजा अर्चना गर्नुभएको छ । संविधानसभा विघटनपछि पहिलोपटक रुपन्देही, नवलपरासी र कपिलवस्तु जिल्ला भ्रमणको कार्यक्रमसहित पूर्वराजा जिल्ला भ्रमणमा निस्कुनभएको हो । हिजो दिउंसो साढे दुई बजे बुद्ध एयरको बिमानबाट भैरहवा बिमानस्थल उत्रंदा स्थानीय सर्वसाधारण जनताले फूलमालासहित पूर्वराजाको भव्य स्वागत गरेका थिए ।
पूर्वराजाको भ्रमणको तारतम्य मिलाउनका लागि स्वकीयसचिव सागर तिमल्सिना र सुरक्षा अधिकृत सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक उद्धव रावतले गत शुक्रबार नै रुपन्देही र कपिलवस्तुको यात्रा गरेका थिए । धार्मिक यात्राका क्रममा जनताले पूर्वराजाप्रति दर्शाएको सद्भावले मुलुकको तरल राजनीतिक अवस्थामा गहिरो अर्थ र महत्व राख्ने राजनीतिक विश्लेषकहरुले जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्।

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा कुनै प्रगति नभएको नेता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका