खुल्ला केन्द्रीय सदस्यको १५ सय मत गणना सकियो, खुमबहादुरको अग्रता कायमै

३० फाल्गुन २०७२, आईतवार ००:०५ मा प्रकाशित

काठमाडौँ, २९ फागुन । नेपाली काँग्रेसको खुल्लातर्फको केन्द्रीय सदस्य पदको मतगणना आज तेस्रो दिन पनि जारी रह्यो । अहिलेसम्म एक हजार ५०० मतगणना हुँदा सबैभन्दा अगाडि खुमबहादुर खड्का रहेका छन्  । उनले  ८९८ मत प्राप्त गरेका छन् । केन्द्रीय निर्वाचन समितिका अनुसार डा शेखर कोइराला ८८५, प्रकाशमान सिंह ८८०, रमेश लेखक ८५१, पूर्णबहादुर खड्का ८४६ र केवी गुरुङले ८४१ मत प्राप्त गरी अग्रस्थानमा रहेका छन् ।

त्यसैगरी, प्रदीप गिरी ८३९, प्रदीप पौडेल ८३७, बालकृष्ण खाँण ८३५, विमलेन्द्र निधि ८३३, धनराज गुरुङ ८२४, महेश आचार्य ८१५, डा रामशरण महत ७८६, बलबहादुर केसी ७८५, विश्वप्रकाश शर्मा ७७१, सुजाता कोइराला ७६६, शङ्कर भण्डारी ७४९, प्रकाशशरण महत ७४०, एनपी साउद ७३० र गोपालमान श्रेष्ठले ७३० मत प्राप्त गर्नु गरेका छन् ।

त्यस्तै, चन्द्र भण्डारीले ७२१, डा मीनेन्द्र रिजाल ७१३, ज्ञानेन्द्रबहादुर कार्की ७१३ मतका साथ २५ जना भित्रमा पर्न सफल भएका छन् ।

महाधिवेशनमा कुल तीन हजार १४८ मत खसेकाले अझै आधा मतगणना गर्न बाँकी रहेको छ । मतगणना आइतबार बिहानसम्मका लागि स्थगन भएको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्कालाई पनि हटाएको छ । खड्काले दल त्याग गरेको सूचना माओवादी

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षकालाई हटाएर स्थायी समिति गठन गरेका छन्

काठमाडौं । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका एमाले सांसद कारबाहीमा परेका छन् । नेकपा एमाले महाधिवशेन आयोजक कमिटीको

नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले २० हजार क्रियाशील सदस्यता बनाएको छ । यसका लागि पुराना सदस्यता नवीकरणसँगै नयाँ सदस्यता प्रदानसमेत गरी दोब्बर