कोइरालाद्वारा राष्ट्रपतिको ध्यानाकर्षण

१८ असार २०६९, सोमबार १२:२५ मा प्रकाशित


काठमाडौं, १८ असार । राष्ट्रपति डा. रामवरण यादव र नेपाली कांग्रेसका सभापति सुशील कोइरालाबीच भेटवार्ता भएको छ । राष्ट्रपतिसंग भेट गर्न आज बिहान शितल निवास पुगेका कोइरालाले कामचलाउ सरकारले सहमतिबिना पूर्ण बजेट ल्याउन नसक्ने भन्दै राष्ट्रपतिको ध्यानाकर्षण गराउनुभएको उहांका स्वकीय सचिव लक्ष्मण ढकालले जानकारी दिए । सरकारले अध्यादेश मार्फत पूर्ण बजेट ल्याउने तयारी गरिरहेको र त्यसको विरुद्ध विपक्षी दलहरु उभिएको स्मरण गराउंदै कोइरालाले पूर्ण बजेट ल्याउनुअघि दलहरुबीच सहमति जुट्नपर्ने र जबरर्जस्ती पूर्ण बजेट ल्याइए त्यसको बिरोध गर्ने राष्ट्रपतिलाई अवगत गराउनुभयो ।
बजेटका विषयमा यसरी सत्तापक्ष र प्रतिपक्ष पूर्ण रुपमा विभाजित भएपछि विवाद राष्ट्रपति कहां पुगेको छ भने दलहरु सहमतिबाट टाढिंदै जानसक्ने सम्भावना भएबाट राष्ट्रपति यादवमा चिन्ता बढेको शीतलनिवास स्रोतको कथन छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली काँग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले सिट संख्या बढाउन गठबन्धन आवश्यक भएको निष्कर्ष निकालेको छ ।

फर्डिनान्ड रोमुआल्डेज मार्कोस जुनियरले बिहीबार मनिला शहरमा हजारौं मानिसहरूका बीच फिलिपिन्सको १७ औं राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन्। मार्कोस

एजेन्सी । दोस्रो विश्वयुद्धमा जापानी फौजलाई आच्छुआच्छु पारेर राष्ट्रपतिबाट सर्वोच्च पदक पाएका हर्शेल डब्ल्यू विलियम्सको ९८ वर्षको उमेरमा मृत्यु भएको

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई कोरोनाभाइरस संक्रमण भएको छ । कोरोनाभाइरस संक्रमण भएपछि आरजु केही दिनयता