सानु घिमिरे, सिड्नी । “सद्भावका लागि महिला साहित्य” भन्ने मूल नाराका साथ प्रवासमा नेपाली भाषा र साहित्यलाई प्रवर्द्धन गर्ने उदेश्यले यहि मार्च ४ देखि ६ सम्म अष्टेलियाको सिड्नी शहरमा दोस्रो अन्तराष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन तथा विश्व काव्य गोष्ठी सम्पन्न भएको छ । गैर आवासीय नेपाली संघ पछीको ठूलो रविस्तृत संजालको रुपमा स्थापित साहित्यिक संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को आयोजनामा सम्पन्न भएको उक्त तीन दिने सम्मेलनलाइ अनेसास अस्ट्रेलियाले ब्यबस्थापन गरेको थियो ।
महोत्सवको पहिलो दिन गत शुक्रबार विश्वका विभिन्न ठाउँबाट र अष्ट्रेलियाकै विभिन्न स्टेटबाट आएका अतिथिहरुलाई स्वागत स्वरूप रात्रिभोजको आयोजना गरिएको थियो । उक्त अवसरमा अनेसास, अस्ट्रेलियाले बिभिन्न मनोरन्जनात्मक प्रस्तुतीका साथ सानदार ढंगले अतिथीहरुलाई स्वागत गरेको थियो .अनेसासका केन्द्रिय उपाध्यक्ष साहित्यकार भीमसेन सापकोटा तथा भिक्टोरियाबाट प्रतिनिधित्व गरेका साहित्यकार तथा गायक दिक्पाल देव पंगेनीले संयुक्त रुपमा संचलान गरेको उक्त रात्रिभोजको कार्यक्रममा सिड्नीका स्थापित हाँस्यकलाकार भूपेन्द्र चुडालले दर्शकहरुलाई पेट मिचीमिची हाँस्न बाध्य बनाएका थिए भने चर्चित नेपिन्डो ग्रुपबाट नृत्य प्रस्तुत भएको थियो । अनेसास अस्ट्रेलियाका महासचिव तथा “हलचल” गायक विकाश उप्रेतीले गायनबाट मनोन्जन दिएका थिए । पहिलो दिनको उक्त रात्रि भोजमा सम्मेलनको प्रमुख अतिथी डा. गाग्री शर्मा तथा अनेसास केन्द्रिय अध्यक्ष्य पदम बिश्वकर्माले अनेसास अस्ट्रेलियालाई धन्यबाद ज्ञापन गर्नु भाको थियो।
दोश्रो दिन
सम्मेलनको दोश्रो दिन बिशेष सामरोहबिच भव्यताका साथ नेपालकी चर्चित समालोचक तथा प्राध्यापक डा गाग्री शर्माले पानसमा बत्ति बालेर सम्मेलनको औपचारिक उद्घाटन गर्नु भयो । सिड्नीको मुटुमा रहेको मेट्रो होटेलमा आयोजित उक्त उद्घाटन समारोहमा अनेसासका संस्थापक अध्यक्ष्य होमनाथ सुबेदी, अनेसासका केन्द्रिय अध्यक्ष्य पदम बिश्वकर्मा, अस्ट्रेलियाका लागि नेपालका राजदूत रुद्र नेपाल, सिक्किम बिश्व बिध्यालयमा प्राध्यापन गर्नु हुनेप्राध्यापक तथा साहित्यकार डा कबिता लामा, अनेसास सिक्किमका अध्यक्ष्य डा पुस्पा शर्मा, दार्जिलिंगकि सुप्रसिद्ध साहित्यकार बिन्ध्या सुब्बा, अनेसास सिलिगुढीकि अध्यक्ष्य तथा चर्चित साहित्यकार लातिका जोशी, हंगकंगका चर्चित साहित्यकार देश सुब्बा, एनआरएन प्याट्रन इन्द्रा बन, एनआरएन ग्लोबलकि प्रबक्ता रन्जु थापा, एनआरएन अस्ट्रेलियाका अध्यक्ष्य सुरेन्द्र सिग्देल, एनआरएनएन एसडब्ल्युका संयोजक दिनेश पोख्रेल लगायत अन्य विभिन्न् देशका प्रतिनिधि तथा अस्ट्रेलियाका नेपाली समुदायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
उद्घाटन कार्यक्रममा अनेसासका केन्द्रिय अध्यक्ष पदम बिश्वकर्माले अनेसास अस्ट्रेलियालाई प्रसंसापत्र प्रदान गर्नु भएको थियो । गत बर्ष घोषणा गरिएको अनेसास उत्कृष्ट बर्ष पुरस्कार अन्तर्गत कबिता तर्फ अनेसास सर्बोत्कृष्ट डायास्पोरिक पुरस्कार साहित्यकार सानु घिमिरेलाई अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुबेदीले प्रदान गर्नु भएको थियो ।
त्यस्तै अनेसास केन्द्रले सिक्किमका साहित्यकार डा कबिता लामालाई अनेसास बिशेष सम्मान तथा इजरायलका साहित्यकार निशा अर्याल र अस्ट्रेलियाका जानकी ढकाललाई अनेसास डायस्पोरा सम्मान प्रदान गरिएको थियो । सोहि कार्यक्रममा अनेसास अस्ट्रेलियाले अस्ट्रेलियाको नेपाली समुदायमा योगदान गर्नुहुने महिलाहरु एनआरएन प्याट्रन इन्द्रा बन, एनआरएन ग्लोबल प्रबक्ता रन्जु थापा, एनआरएन अस्ट्रेलिया संयोजक तथा साहित्यकार सुमित्रा बिस्ट, भिक्टोरिया कि साहित्यकार निरु त्रिपाठी, नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठानकि अध्यक्ष सुजाता केसीका साथै अस्ट्रेलियामा नेपाली भाषा र साहित्यको स्थापाना तथा प्रबर्धन गर्न लागि पर्नु भएका साहित्यकार कुमार गिरीलाइ बिशेष समान गरिएको थियो । संस्कृति पर्यटन तथा नागरिक मन्त्रालयले भानु द्वीशतबार्षिकी समारोहमा अवसरमा अस्ट्रेलियाका साहित्यकारहरु भीमसेन सापकोटा, महेन्द्र पौडेल, सानु घिमिरे , सुरेन्द्र दवाडी तथा हेमंता आचार्यलाई प्रदान गरेको भानु स्वर्ण पदक नेपाल सरकारको तर्फ बाट अस्ट्रेलियाका राजदूत रुद्र बरालेल प्रदान गर्नु भाको थियो ।
सम्मेलनको उद्घाटन कार्यक्रममा अनेसास का संस्थापक अध्यक्ष होमनाथ सुबेदी, अस्ट्रेलियाका लागि नेपालका राजदूत रुद्र नेपाल , एनआरएनबाट इन्द्रा बन लगायतले सम्मेलन सफलताको सुभकामना दिनु भएको थियो ।
सोहि उद्घाटन सत्रमा अनेसास केन्द्रिय उपाध्यक्ष राधेश्याम लेकालीको मुक्तक संग्रह “समयका घोडाहरु”, देश सुब्बा र माइकल फिसरको “फिलोसोफी अफ फियरिज्म”, अनेसास क्षेत्रीय उपाध्यक्ष भीमसेन सापकोटाको कविता संग्रह “प्रश्नमा ईश्वर”, सिलिगुढीकि साहित्यकार लतिका जोशीको कविता संग्रह “भुटभुटी”, आसामकी साहित्यकार उषा शर्माको कथा संग्रह “अज्ञात यात्रा”, अमित श्रेष्ठको नेपालमा गएको महाभूकम्प सम्बन्धि अनुभब संगालिएको “द फल्ट”, सिड्नीका अभिवाक हिमालय शमशेर थापाको सकारात्मक सोच सम्बन्धि पुस्तकको प्रमुख अतिथी तथा विशिष्ठ अतिथी द्वारा लोकार्पण गरिएको थियो । विमोचित पुस्तक हरु माथि चर्चित साहित्यकार नबराज कार्कीले सटिक टिप्पणी गर्नु भएको थियो ।
अपरान्ह विश्व कबि गोष्टीको आयोजना गरिएको थियो । बिभिन्न देश बाट आउनु भएका प्रतिनिधि साहित्यकारहरु तथा अस्ट्रेलियाका साहित्यकारहरु गरि करीब दुइ दर्जन साहित्यकारहरुले सो सेसनमा कबिता, गजल तथा मुक्तकहरु बाचन गरेका थिए ।
साँझको सेसनमा सुप्रसिद्ध साहित्यकार बिन्ध्या सुब्बाले “नेपाली साहित्य र महिला साहित्यकारहरुको भूमिका” बिषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो . उहाँको कार्यपत्रमाथि खुला छलफल गरिएको थियो ।
तेश्रो दिनको कार्यक्रम
रक्डेल को हिमालय पाक रेस्टुरेन्टमा आयोजना भएको सम्मेलनको तेश्रो दिनको सत्र “साहित्य र लैंगिक विभेद” शिर्षक मा डा कबिता लामाको कार्यपत्र सहित आरम्भ भएको थियो । साहित्यमा महिलाले लैंगिक विभेदलाई कसरि उतारेका छन् , र लैंगिक बिहेद रहित साहित्य कस्तो हुनु पर्छ भनि सो कार्यपत्रले स्पष्ट पारेको थियो । त्यस्तै दोश्रो कार्यपत्र – “डायस्पोरामा नेपाली महिला साहित्यकारहरुको भूमिका” शिर्षकमा नेपालबाट आउनु भएकी सुप्रसिद्ध साहित्यकार लीला लुइंटेल ले प्रस्तुत गर्नु भएको थियो । ७ वटा महादेशमा नेपाली महिला साहित्यकारहरुको उपस्थितीलाई उहाँले रोचक ढंगले वर्णन गर्नु भएको थियो । यसै गरि अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुबेदीले “नेपाली साहित्यको डायास्पोरिक अध्ययन” बिषयमा आफ्नो मन्तब्य राख्नु भएको थियो । अनेसासले डायास्पोरिक साहित्यमा खेलेको भूमिका बारे उहाँले प्रकाश पार्नु भएको थियो । सोहि दिन “नेपाली साहित्यको बिश्वब्यपिकरण मा महिला साहित्यकारहरुको भूमिका “नामक कार्यपत्र चर्चित समालोचक डा खगेन्द्र लुइंटेलले प्रस्तुत गर्नु भएको थियो । उहाँले डायास्पोरिक साहित्य र दर्शनको बारेमा प्रकाश पार्नु भएको थियो । हंगकंगमा बसोबास गर्नु हुने साहित्यकार देश सुब्बाले “भयवाद र साहित्य” बिषयमा बोल्दै भयले मान्छेलाई कसरि प्रभावित परेको हुन्छा भन्ने कुरामाथि चर्चा गन्रु भएको थियो । त्यस्तै अनेसास अस्ट्रेलियाकि उपाध्यक्ष सानु घिमिरेले “अस्ट्रेलियामा नारी लेखनको सुभारम्भ” बिषयमा कार्यपत्र पेश गर्नु भएको थियो । अस्ट्रेलियामा नेपाली साहित्यको विस्तारको बारेमा बोल्दै उहाँले महिला साहित्यकारहरुको चर्चा गर्नु भएको थियो । सोहि दिन रचना बाचनको सत्रमा अघिल्लो दिन वाचन नगरेका करीब २ दर्जन साहित्यकारहरुले आ-आफ्नो जोडदार रचना वाचन गरेका थिए । रचना वाचन सेसनको सभापतित्व डा पुस्पा शर्माले गर्नु भएको थियो ।
रचना वाचनको कार्यक्रमपछी समापन सत्र आयोजना गरिएको थियो, जसको सभापतित्व अनेसास अध्यक्ष पदम बिश्वकर्माले गर्नु भएको थियो । सो सत्रमा अनेसासका आजीवन सदस्यहरुलाई होमनाथ सुबेदीद्वारा ब्याच वितरण गरिएको थियो भने विदेशबाट पाल्नु भएका अतिथि साहित्यकारहरुलाई अनेसास अस्ट्रेलियाले मायाको चिनो प्रदान गरेको थियो । बिन्ध्या सुब्बाको अध्यक्षता रहेको ५ सदस्यीय घोषणापत्र कमिटीले ६ बुंदे घोषणा जारी गर्दै कार्यक्रमको समापन भएको थियो ।
एक्स्पर्ट एजुकेसनले टाइटल स्पोन्सर गरेको सो सम्मेलन लाइ अस्ट्रेलियाका बिभिन्न ब्यबसायीहरुले स्पोन्सर गरेका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर
नेपालमा पहिलोपटक चिकित्सासम्बन्धी सम्पूर्ण शब्दको परिभाषा रहेको ‘चिकित्सा शब्दसागर’ विमोचन गरिएको छ । डा विपिन नेपाल, विनयकुमार शर्मा, प्रकाशमणि दाहाल
गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद
लिसवोन । पोर्चुगलस्थित नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च पुनर्गठन भएको छ । ३५ सदस्यीय कार्य कार्यसमितिको अध्यक्षमा अध्यक्ष
नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु