नेपाली राष्ट्रिय फुटबल टोलीले मलेसियासँग मैत्रीपूर्ण खेल खेल्ने

२९ फाल्गुन २०७२, शनिबार ००:४१ मा प्रकाशित

काठमाडौँ, २८ फागुन । राष्ट्रिय फुटबल टोलीले मलेसियासँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्ने निश्चित भएको छ ।

मलेसियाली फुटबल सङ्घले आगामी चैत १४ गते मैत्रीपूर्ण खेल खेल्ने निर्णय गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । मैत्रीपूर्ण खेलमा नेपाली टोलीले मलेसियाको २२ वर्षमुनि यु–२२को राष्ट्रिय टोलीसँग खेल्नेछ ।

भारतमा सम्पन्न बाह्रौँ दक्षिण एसियाली खेलकुद (साग)मा सहभागी अधिकांश खेलाडीलाई उक्त खेलमा सहभागी गराउने निर्णय गरेको एन्फाले जनाएको छ ।

राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक ग्यातुकी कोजीले उक्त टोलीको नेतृत्व गर्नुहुनेछ । उहाँको प्रशिक्षणमा नेपाली टोलीले पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो ।

प्रशिक्षक कोजी अहिले सिमरामा जारी साताँै सिमरा गोल्डकप फुटबल प्रतियोगितामा सहभागी हुनुहुन्छ । उहाँ आइतबार काठमाडौँ आएपछि उक्त खेलका लागि प्रारम्भिक खेलाडीको घोषणा गर्ने एन्फाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत आजको दोस्रो खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । दिल्लीले पञ्जाब किङ्सलाई ६

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत मुम्बइ इन्डियन्स विजयी भएको छ । शनिबार राति सम्पन्न खेलमा मुम्बइले

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपालले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत चेन्नइ सुपर किङ्स विजयी भएको छ । प्रतियोगितामा पहिलो जित हासिल