अब माओवादीबिनाको सरकार ः खनाल

१८ असार २०६९, सोमबार १०:४९ मा प्रकाशित


काठमाडौं, असार १८ । राष्ट्रिय सकमतिको सरकार निर्माणको अपरिहार्यता बारे अनेक छलफल र बहस चलिरहेको सन्दर्भबीच नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले भाबी सरकार माओवादीबाहेकको हुन पनि सक्ने अभिव्यक्ति दिएर नयां राजनीतिक तरंग पैदा गरिदिएका छन् । बिराटनगरमा हुने पार्टी कार्यकताभेलामा सहभागी हुन सोमबार त्यहां पुगेका अध्यक्ष खनालले बाबुराम भट्टराई नेतृत्वको सरकारले वैधानिकता गुमाइसकेको दोहोर्याउंदै अब पनि राष्ट्रिय सहमतिकै आधारमा सरकार बन्ने तर त्यो सरकार माओवादीबाहेकको हुनसक्ने सम्भावना अत्याधिक रहेको बताए ।
राष्ट्रिय सहमतिका लागि बाबुरामले जम्मा ४५ दिन मागेकोमा यस्ता धेरै ४५ दिन बितिसकेकाले अब बाबुरामले बाटो छोडिदिनुपर्ने उल्लेख गरे । राष्ट्रिय सहमतिको सरकारले मात्र मुलुकको राजनीतिक निकास दिन सक्ने अभिव्यक्ति भने खनालले दोहोर्याइ रहे । अब बन्ने सहमतिको सरकारले नै संविधानसभा ब्युंताउने या निर्वाचनमा जाने भन्ने विकल्पका बारेमा फैसला गर्ने खनालले स्पष्ट पारे ।

प्रतिक्रिया
सम्बन्धित खवर

गएराति आएको हुरीबतासले धनमालको क्षति भएको छ । प्रारम्भिक सूचनानुसार जिल्लामा ५० घरको छाना उडाएको जानकारी रेडक्रसले जनाएको छ ।

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९०० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । फेला परेकोमा काठमाडौँ उपत्यकामा

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । नेपालगञ्जमा भेटिनुभएका विज्ञानलाई

काठमाडौँ । कर्णाली प्रदेश सरकारमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गर्ने नेकपा एमाले (नेपाल-खनाल पक्ष) का चार जना सांसदहरूलाई कारबाही