अस्थिर राजनीतिले देश अघि बढ्दैनः महामन्त्री कोइराला

२७ फाल्गुन २०७२, बिहीबार २२:४६ मा प्रकाशित

काठमाडौँ, २७ फागुन । काँग्रेसका नवनिर्वाचित महामन्त्री डा. शशाङ्क कोइरालाले अस्थिर राजनीतिले मुलुक अघि बढ्न नसक्ने बताएका छन् ।

महाराजगञ्जस्थित निवासमा आज बिहान नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को बधाई तथा शुभकामना ग्रहण गर्दै उनले अस्थिरताको राजनीति रहिरहे राष्ट्रनै सङ्कटमा पर्ने खतरा औँल्याए ।

महामन्त्री कोइरालाले भने, ‘अस्थिरताको राजनीति हामी कसैले गर्नु हुँदैन । गाउँ नगरको विकासका लागि स्थिरता चाहिन्छ । जबसम्म राजनीतिक र सामाजिक स्थिरता आउन सक्दैन तबसम्म मुलुकको विकास हुँदैन, त्यसैले मुलुकको सम्बृद्धिमा युवापुस्तालाई समाहित गरिनुपर्छ ।’

उनले राजनीतिक र सामाजिक परिवर्तनका लागि कटिबद्ध नेविसङ्घले शैक्षिक मुद्दालाई अघि बढाएर युवापुस्तालाई नेतृत्वदायी भूमिकामा ल्याउन विशेष भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

महामन्त्री कोइरालाले पार्टीकोे जुझारु सङ्गठन नेविसङ्घको महाधिवेशन लामो समयसम्म नहुनु दुर्भाग्य हो भन्दै काँग्रेस केन्द्रीय समितिले पूर्णता पाएपछि पहिलो एजेन्डाको रुपमा महाधिवेशन प्रक्रियालाई प्राथमिकता दिइने प्रष्ट पारे ।

नेविसङ्घका अध्यक्ष रञ्जित कर्णले लामो समयदेखि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुननसक्दा नेतृत्व विकास र शैक्षिक आन्दोलन कमजोर बनेको बताउँदै स्ववियु निर्वाचन र नेविसङ्घको निर्वाचनको पहलकदमी गरिदिन महामन्त्री समक्ष आग्रह गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

काठमाडौँ । नक्कली पीसीआर रिपोर्ट दिने सुरिया हेल्थ केयरको लाइसेन्स निलम्बन गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नक्कली रिपोर्टका बारेमा

काठमाडौं । आज देशका धेरैजसो स्थानमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका विभिन्न क्षेत्रमा आज

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच लामो समयको संवादहीनता तोडिएसँगै राजनीतिक