ग्रान्ड स्लाम टेनिस च्याम्पियन मारिया सारापोभा डोपिङमा

२६ फाल्गुन २०७२, बुधबार २३:२६ मा प्रकाशित

लस एन्जल्स, २६ फागुन, (एएफपी) । पाँचपल्टका ग्रान्ड स्लाम टेनिस च्याम्पियन मारिया सारापोभाले सोमबार अस्ट्रेलियन ओपनको क्रममा भएको डोपिङ परीक्षणमा आफू असफल भएको स्विकार्दै आफ्नो अक्षम्य भूलका लागि कस्तो सजाय हुने हो, त्यसबारे अनभिज्ञ भएको बताएकी छन् । रुसी पूर्व विश्व नम्बर १ खेलाडी सारापोभाले वल्र्ड एन्टी डोपिङ एजेन्सीद्वारा सन् २०१६ मा प्रतिबन्धित औषधिको सूची परिवर्तन भएयता आफूबाट त्यसैलाई उल्लंघन भएको बताइन् ।

डोपिङबारे उनको स्वीकारोक्ति आएपछि विश्व खेलकुदमा सर्वाधिक कमाउने खेलाडीमध्येकी सारापोभासँगको व्यावसायिक अनुबन्धलाई नाइक लगायत अरू ठूला ब्रान्डले तोडेको पनि घोषणा गरिसकेका छन् । नाइकले भनेको छ, ‘हामी आश्चर्यमा पनि परेका छौं र दु:खी पनि छौं,’ नाइकले भनेको छ, ‘हामीले अनुसन्धानको निर्णय नआउन्जेल मारियासँगको सम्बन्ध तोडेका छौं ।’ सारापोभा ‘मेल्डोनियम’ नामको प्रतिबन्धित औषधिको परीक्षणमा समातिएकी हुन् ।

लस एन्जलेस होटलमा आयोजित पत्रकार सम्मेलनमा सारापोभाले भनिन्, ‘म परीक्षणमा असफल रहें र यसको पूरा जिम्मेवारी पनि लिन्छु,’ सारापोभाले भनिन्, ‘मैले ठूलो भूल गरेकी छु । विशेषत: मैले आफ्ना समर्थक र प्रशंसकलाई निराश पारें । त्यो भन्दा ठूलो मैले सानै उमेरदेखि टेनिस खेलिरहेकी छु र यो खेलप्रति मलाई धेरै माया छ । तर यही खेलप्रति मैले धोका दिएकी जस्तो भएको छ ।’

‘मलाई थाहा छ, ममाथि ठूलो सजाय पनि हुनेछ । तर म यसरी नै आफ्नो खेल जीवनको पनि अन्त्य गर्न चाहन्नँ,’ उनले भनिन्, ‘मलाई विश्वास छ, मैले दोस्रो अवसर पाउनेछु, आफूलाई सिद्ध गर्ने ।’ अन्तर्राष्ट्रिय टेनिस फेडेरेसनले पनि सारापोभा डोपिङ परीक्षणमा असफल रहेको र त्यसलाई लिएर सारापोभाले पनि आरोप स्वीकार गरेको जनाएको छ । डोपिङबारे असफल रहेको जानकारी सारापोभालाई मार्च २ मा दिइएको छ ।

अहिले २८ वर्ष पुगेकी सारापोभा सन् २००४ मा विम्बल्डन जितेर चर्चामा आएकी थिइन् । सन् २००६ मा यूएस ओपन जितेकी सारापोभाले त्यसपछि सन् २००८ मा अस्ट्रेलियन ओपन पनि हात पारिन् । यस्तै सन् २०१२ र २०१४ मा उनले फ्रेन्च ओपन जितेकी थिइन् । अहिलेसमम ३५ डब्लूटीए उपाधि जितेकी सारापोभा अहिले विश्व वरीयतामा सातौं स्थानमा छिन् र पुरस्कार राशिमा तीन करोड ६० लाख डलर जितिसकेकी छन् ।

पछिल्लो समय लगातार चोटबाट गुज्रिरहेकी सारापोभाले गत वर्षको विम्बल्डनयता तीन प्रतियोगिता मात्र खेलेकी छन् । हालै मात्र खुट्टाको चोटका कारण उनले यूएस ओपनबाट आफ्नो नाम फिर्ता लिएकी थिइन् । उनको पछिल्लो ठूलो प्रतियोगितामा उनी सेरेना विलियम्ससँग अस्ट्ेरलियन ओपनको क्वाटरफाइनलमा पराजित भएकी थिइन् । उनले अघिल्लो दिन मात्र ठूलो घोषणा गर्ने जानकारीसहित मिडियालाई बोलाएकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

भारतमा जारी आईपीएलमा दिल्ली क्यापिटल्सले तेस्रो जित निकालेको छ । गएराति भएको खेलमा मुम्बईविरुद्धको खेलमा दिल्ली ६ विकेटले विजयी भयो

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपाल नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित भएको छ । नेपालले दिएको २ सय

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-ट्‍वान्टी आइ सिरिजको तेस्रो खेल आज नेदरल्याण्ड्ससँग खेल्दैछ । यस सिरिजको फाइनलको यात्रा तय गरिसकेको नेपालले

काठमाडौं ।  त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ । कीर्तिपुरस्थित