सरकार परिवर्तन गर्दैमा समस्या समाधान हुँदैनः कोषाध्यक्ष यादव

२६ फाल्गुन २०७२, बुधबार २३:२१ मा प्रकाशित

काठमाडौ, २६ फागुन । नेपाली काग्रेसकी नवनिर्वाचित कोषाध्यक्ष सीतादेवी यादवले सरकार परिवर्तन गर्दैमा अहिलेको समस्या समधान नहुने बताएकी छिन ।
रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उनले भनिन,‘ म सरकार परिवर्तनको खेल बुझ्दिन । सरकार फेरेर मात्रै समस्याको समाधान हुँदैन ।’ यद्यपि उनले सरकार परिवर्तनसहित मुलुकको समस्या समाधानको विषयमा आगामि केन्द्रीय कार्यसमितिको बैठकमा छलफल भएर उपयूक्त निर्णय लिने जानकारी दिईन ।
पार्टीको तर्फबाट सरकारको नेतृत्व कस्ले गर्ने भन्ने प्रश्नमा उनले आफूलाई यस विषयमा कुनै जानकारी नभएकोले भन्न नसक्ने स्पष्ट पारिन ।
क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा कोषाध्यक्ष यादवले आफूले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउन प्रयास गर्ने प्रतिबद्धता ब्यक्त गर्दै सभापति शेरबहादुर देउवालाई सहयोग गर्दै पार्टीलाई एकताबद्ध बनाएर लैजाने बताईन ।
मधेसको समस्या काग्रेस एक्लैले समाधान गर्न नसक्ने भएकोले सबै दलहरुलाई साथमा लिएर समस्या समाधान गर्नु पर्ने भन्दै मधेसको समस्या समाधान गरेर संविधान कार्यान्वयनमा आफूले भूमिका खेल्ने बताईन ।
उनले भनिन,‘ मधेसमा सीमांकनको समस्या छ । सुशीलदाले नहड्बडाउनुस समस्या समाधान हुन्छ । मधेस, पहाड र हिमाल मिलाएर समस्या समाधान गर्नु पर्छ भन्नु हुन्थ्यो । सबैसँग मिलेर सीमांकन मिलाउनु पर्छ ।’
कोषाध्यक्ष यादवले मधेस काग्रेसको मुटु भएकोले काग्रेस मधेसवीना बाच्न नसक्ने भएकोले मधेस समस्या समाधानकोलागि पहल हुने विश्वास ब्यक्त गर्दै आफ्नो तर्फबाट सक्दो प्रयास हुने प्रतिबद्धता ब्यक्त गरिन ।
उनले आफूले कोषाध्यक्षको रुपमा पार्टीको आर्थिक कारोवारलाई पारदर्शि बनाउने भन्दै आर्थिक प्रतिवेदन सार्वजनिक गर्ने गरी आय ब्ययको लेखा राखिने बताईन ।
कोषाध्यक्ष यादवले आफूलाई निर्वाचित गर्ने महाधिवेशन प्रतिनिधिहरुलाई धन्यबाद दिद आफूलाई विजयी बनाएर मधेसी, महिला र शहीदप्रति सम्मान ब्यक्त भएको धारणा राखिन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न

काठमाडौं । नेपाल पत्रकार महासङ्घको बुधबार भएको २६ औं महाधिवेशनबाट विपुल पोखरेल नेतृत्वको प्यानलले जित हासिल गरेको छ । महासङ्घ

काठमाडौं । पूर्व महाराज ज्ञानेन्द्र शाहले भारतका गृहमन्त्री अमित शाहसँग भेटघाट गरेका छन् । उनी दुई दिनअघि भारतको हरिद्वारमा जारी

डाका मुद्दाका फरार प्रतिवादी साविक परासन गाविस–७ का बलबहादुर सुनारलाई प्रहरीले सत्ताइस वर्षपछि शुक्रबार पक्राउ गरेको छ । कञ्चनपुर जिल्ला