सवारी साधन जांचपासमा तिब्रता

१८ असार २०६९, सोमबार ०९:५१ मा प्रकाशित

काठमाडौं, १८ असार । चालु आर्थिक वर्ष सकिनै लाग्दा वीरगञ्ज भन्सारमा थन्किएका सवारी साधन जांचपास गराउने क्रम बढेको छ । आयातकर्ताले विलम्व शुल्क नतिरी भन्सार यार्डमा लामो समयदेखि थन्किएको सवारी साधन जांचपास गराउने क्रम बढेको हो । भन्सार कार्यालयका सूचना अधिकृत गुणराज सुवेदीले बैशाख–जेठमा दैनिक ८–१० वटा मात्र सवारी जांचपास गराउने गरिएकोमा अहिले दैनिक २०–२५ वटा जांचपास हुने गरेको बताए । उनका अनुसार नयां आर्थिक वर्षमा सवारीको जांचपास शुल्क वृद्धि हुनसक्ने भएकोले आयातकर्ताहरु हतारिएका हुन् । भन्सार यार्डमा विलम्व शुल्क नतिरिकन करिव ३ सय ५० सवारी साधन थन्किएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा प्रायः सबै उपभोग्य सामग्रीको बजार मूल्यमा एकरुपता पाइँदैन । नियमित बजार अनुगमन नहुँदा भान्सामा नभइ नहुने चिनीको

काठमाडौँ। नेपालको ऊर्जा क्षेत्रको विकासका लागि एकपछि अर्को लगानी गर्दै आएको कर्मचारी सञ्चयकोषले तामाकोशी पाँचौँमा १२ अर्ब रुपैयाँ ऋण उपलब्ध

पूर्वी नाका काँकडभिट्टाबाट बङ्गलादेश निर्यात हुने सामानको तुलनामा बढी आयात भएको मेची भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष

काठमाडौं । महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन सदनमा पेस गर्नुपर्ने समयमा आएर बल्ल ५७औं प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ