के होला अब पौडेलको राजनीति ?

चिरञ्जीवी ढकाल
२६ फाल्गुन २०७२, बुधबार २३:१४ मा प्रकाशित

करिव ५५ वर्षदेखि नेपाली कांग्रेसमा रहेर निष्ठाको राजनीति गर्दै आइरहेका रामचन्द्र पौडेल पार्टी सभापति पदमा निकै भारी मत अन्तरले पराजित भए । उनको पराजय व्याक्तिगत हो या निष्ठाको पराजय हो ? अर्थात् पौडेल व्यक्ति हारेका हुन् कि ? निष्ठाको राजनीति हारेको हो ? भन्ने विश्लेषण र विमर्श कांग्रेसवृत्तमा सुरु भएको छ ।
नेपाली कांग्रेसको यो ७० वर्षको इतिहासमा कहिले निष्ठाको राजनीति गर्ने नेता हावी भएका छन् भने कहिले कार्यकर्ताको सुखदुखमा साथ सहयोग गर्ने नेता हावी भएका छन् । यो सबै समयको खेल हो । सुरुको काल खण्डमा वीपी कोइरालाले निष्ठाको राजनीतिलाई प्राथमिकता दिए, सुवर्णशमशेरले कार्यकर्ताको दुखमा साथ दिने राजनीतिलाई प्राथमिकता दिए । यो क्रममा पार्टीभित्र कहिले बीपी बलिया भए कहिले सुवर्णशमशेर बलिया भए ।
दोस्रो कालखण्डमा कृष्णप्रसाद भट्टराईले निष्ठाको राजनीतिलाई प्राथमिकता दिए, गिरिजाप्रसाद कोइरलाले कार्यकर्ताको दुखमा साथ दिने राजनीतिलाई प्राथमिकता दिए । यो क्रममा पार्टीभित्र कहिले भट्टराई बलिया भए कहिले गिरजाप्रसाद भट्टराई बलिया भए । त्यसैगरी यो तेस्रो कालखण्डमा रामचन्द्र पौडेलले निष्ठाको राजनीतिलाई प्राथमिकता दिए, देउवाले कार्यकताको दुखमा साथ दिने राजनीतिलाई प्राथमिकता दिए । यस क्रममा पौडेलभन्दा देउवा बलिया देखिए । पार्टीका लागि योगदान दिने उद्देश्यले भन्दा पनि पार्टीबाट केही पाइन्छ भन्ने आशाले राजनीतिमा होमिएको पुस्ता यतिबेला नेपाली कांग्रेसमा हावी छ । त्यसैले निष्ठाको राजनीतिलाई प्राथमिकता दिने छवि बनाएका पौडेललाई भन्दा दुखमा साथ दिने छवि बनाएका देउवाले धेरै मत प्राप्त गर्नु स्वाभाविकै थियो ।
पौडेल यतिबेला धेरै प्रतिकूल अवस्थामा सभापति पदमा चुनाव लडेका थिए । दुई दुई पटक पराजयको अनुभवबाट पाठ सिक्दै कुनै पनि हालतमा हार्नै नमिल्ने चुनावमा होमिएका देउवाले संस्थापन पक्षका धेरै नेताहरुलाई अनेक पद बाँड्दै आफूतिर तानिसकेका थिए । देउवालाई सभापति जिताउनका लागि उनको पक्षका सबै नेताहरु जुनसुकै त्याग गर्न पनि तयार भएर उत्र्रिएका थिए । तर पौडेलको पक्षमा भने सुरुदेखि नै विवाद थियो ।
उमेदवारी मनोनयनपत्र दर्ता गर्ने दिनभन्दा चार दिनअघिसम्म महामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, सुजाता कोइराला र डा. रामशरण महतले सभापति पदको उमेदवारी घोषणा गर्दै मत मागि रहेका थिए । पौडेलले महतसँग चार दिनअघि, प्रकाशमानसँग दुई दिन अघि र सुजातासँग एक दिनअघि मात्रै कुरा मिलाएर उम्मेदवारी दिएका थिए । तर महामन्त्री सिटौलालाई उनले मिलाउन सकेनन् । सिटौला आफु जित्न भन्दा पनि देउवालाई जिताउनका लागि उमेदवार बनेका हुन् भन्ने कुरा समयमै थाह पाउन नसक्नु पौडेलको ठूलो कमजोरी थियो ।
यसैगरी चुनाव प्रचार प्रसारका क्रममा कोइराला परिवारको भरपुर साथ सहयोग लिन पौडेलले सकेनन् । उनले चुनाव जित्नका लागि आवश्यक तयारी समेत गर्ने मौका पाएनन् । यस्तो प्रतिकूल अवस्थामा पनि पौडेलले जुन मत प्राप्त गरे त्यसले निष्ठाको राजनीतिलाई प्राथमिकता दिनेहरुको भविष्य छैन भन्ने मिल्दैन ।
कार्यकर्ताको दुखमा साथ दिने राजनीति र निष्ठाको राजनीतिलाई एउटै व्यक्तिले सँगसँगै अघि बढाउन सक्दो रहेनछ । पार्टीका लागि यी दुवै प्रवृत्तिका नेताको खाँचो हुन्छ । कार्यकर्ताको दुःखमा साथ दिने राजनीतिलाई प्राथमिकता दिएर चुनाव जितेका देउवाले निष्ठाको राजनीतिलाई प्राथमिकता दिने पौडेललाई के कसरी समेट्छन् ? त्यसमा नै नेपाली कांग्रेसको भविष्य निर्भर रहन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

आफन्तसँग ढाँटेर रु एक लाख ऋण लिएर व्यवसाय शुरु गरेका एक युवा १५ वर्षमा ११ होटल र रेष्टुराँको मालिक बनेका

जिल्लाको दिपायल सिलगढी नगरपालिका–८ लडागडाकी मायाकुमारी विष्टको कक्षा ८ मा पढ्दा पढ्दै सामाजिक सञ्जाल फेसबुकमा एक युवकसँग चिनजान भयो ।

विगतमा घैयाको भाउमा जाने अदुवाले अहिले राम्रै मूल्य पाउन थालेपछि कर्णालीका अदुवा किसान मख्ख छन् । प्रतिकिलो रु पाँच–१० मा

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मृगेन्द्र शिखरबाट राजधानीको सभ्यताको स्रोत वाग्मती प्रकट भएको छ । यो स्थल अहिले गोकर्णेश्वर नगरपालिकाको भौगोलिक