लागू औषधका तस्करद्वारा चार प्रहरी मारिए

२६ फाल्गुन २०७२, बुधबार २२:५७ मा प्रकाशित

वेलिङ्गटन, २६ फागुन, (एएफपी)। न्युजिल्यान्ड सुरक्षाकर्मीले लागूऔषध जारी राखेको कारबाहीको क्रममा बुधबार चार सुरक्षाकर्मी मारिएका छन् ।

न्युजिल्यान्ड सुरक्षास्रोतले सो जानकारी दिएको छ । यस घटनामा अन्य चार सुरक्षाअधिकारी गम्भीर घाइते भएका र तीमध्ये एक जनाको अवस्था गम्भीर भएको बताइएको छ । स्थानीय समयाअनुसार बुधबार बिहान ०६ बजेबाट ती तस्करलाई प्रहरीले घेरामा हाली कारबाही थालेको थियो । त्यसक्रममा उनीहरुबाटै चलेको गोली लागी ती तस्कर मारिएका हुन् ।

उत्तरी द्वीप सहर कवेरुगमा लागू औषध तस्ककरीमा सम्लग्न ठूलो सङ्ख्याको गिरोहलाई कब्जामा लिने प्रयत्न प्रहरीले गरेको थियो । तर प्रहरीमाथि नै उनीहरुले गोली चलाएका थिए । दुई बर्षअघि मात्र पनि दक्षिणी द्वीप सहर अरामोआनामा मानसिकरुपमा कमजोर एक व्यक्तिले चलाएको गोलीबाट १३ व्यक्तिको मृत्यु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० लाख २३ हजार नाघेको छ । संक्रमित हुनेको संख्या पनि १४ करोड

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो