मधेशको असन्तुष्टि सम्बोधन गर्नु हाम्रो दायित्व: महामन्त्री डा. शशाङ्क कोइराला

२६ फाल्गुन २०७२, बुधबार २२:४९ मा प्रकाशित

काठमाडौँ, २६ फागुन । नेपाली काँग्रेसका नवनिर्वाचित महामन्त्री डा. शशाङ्क कोइरालाले सहमति, सहकार्य, समझदारी र आपसी विश्वासको मेलमिलापबाट मधेस समस्या समाधान गर्न काँग्रेस कृतसङ्कल्पित रहेको बताएका छन् ।

काँग्रेसको १३ औं महाधिवेशनबाट नवनिर्वाचित डा कोइरालाले आज यहाँ विज्ञप्ति प्रकाशित गर्दै प्रजातन्त्रको मुहान मधेसमा असन्तुष्टि रहेको छ उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘आजको परिहार्यता राष्ट्रियता, प्रजातन्त्र, प्रजातान्त्रिक समाजवादमा आधारित सामाजिक न्याय हो । यही जगमा टेकेर राष्ट्रिय एकता, मेलमिलाप, समन्वय, सहकार्य, समझदारी, सामाजिक सद्भाव, सामञ्जस्य र आपसि विश्वासको वातावरण सिर्जना गर्नु हाम्रो दायित्व हो ।’

विज्ञप्तिमा उनले पार्टीमा तरुणको जोश, जागर र क्रियाशीलता काँग्रेसको प्रेरणास्रोत रही आएको उल्लेख गर्दै अहिले काँग्रेसको काँधमा गहन जिम्मेवारी र चुनौती रहेको बताएका छन् । अल्पसङ्ख्यक समुदायको अनुपम सम्मिश्रणबाट बनेको हाम्रो विविधताबीचको एकता र सामाजिक सद्भावपूर्ण नेपाली संस्कृतिलाई परम्परालाई अक्षुण्य राख्दै जलसम्पदा, प्राकृतिक स्रोत र गतिशील जनशक्तिको अधिकतम उपयोग गरी गरिबी, अशिक्षा, बेरोजगारी हटाउन काँग्रेस निरन्तररुपमा लागिरहेको विज्ञप्तिमा उल्लेख छ ।

पार्टीको महाधिवेशनलाई भब्यरुपमा सफल बनाउनु हुने महाधिवेशन प्रतिनिधि, पर्यवेक्षक, नेता तथा आम कार्यकर्ता तथा पार्टीका शुभेच्छुक सबैमा उहाँले विज्ञप्तिमार्फत आभार व्यक्त गरेका छन् । उनले प्रजातान्त्रिक पद्दतिमा प्रतिनिधि छनोट प्रक्रिया ताजगीको प्रतीक बताउँदै पार्टीलाई व्यवस्थित र सस्थागत गर्दै विधानतः परिचालन गर्ने प्रविधि भएको बताएका छन् ।

विज्ञप्तिमा महामन्त्री कोइरालाले नवनिर्वाचित सभापति र कोषाध्यक्षलाई बधाई ज्ञापन गरेका छन् । काँग्रेस आस्थाका धरोहर सस्थापक नायक विपी कोइराला, गणेशमान सिंह, सुवर्णशमशेर राणा, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालाका साथै नेता रामनारायण मिश्र, महेन्द्रनारायण निधि, रामकृष्ण थारु, सुशील कोइरालालगायतले देखाएको बाटोमा अहोरात्र समर्पित र क्रियाशील रहने प्रतिज्ञा उनले विज्ञप्तिमा प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई

काठमाडौं । कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण देखिएको छ । श्रेष्ठसहित उनका परिवारका पाँच जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको