कांग्रेसको महामन्त्रीमा बिपी पुत्र डा. शसांक कोइराला विजयी

कोषाध्यक्षमा सीतादेवी यादव विजयी
२५ फाल्गुन २०७२, मंगलवार २२:३१ मा प्रकाशित

काठमाडौ, २५ फागुन । नेपाली कांग्रेसको महामन्त्री र कोषाध्यक्ष क्रमस बिपी पुत्र डा. शसांक कोइराला र सीतादेवी यादव विजयी भएका छन । विजयी कोइराला र यादव दुबै सभापतिमा पराजित रामचन्द्र पौडेल प्यानलका उम्मेदवार हुन । महामन्त्री पदमा पराजित केसी र थापा नातामा ज्वाई ससुरा हुन । केसी सस्थापन पक्ष छाडेर नवनिर्वाचित शेरबहादुर देउवा प्यानलबाट र सस्थापन पक्षकै थापा सस्थापन पक्षका अर्का सभापति उम्मेदवार कृष्णप्रसाद सिटौला प्यानलबाट उम्मेदवार बनेका थिए । थापाले सिटौला भन्दा बढी मत प्राप्त गरे । कोइराला १४१७ मत ल्याएर विजयी बने भने यादव १२१७ मत ल्याएर विजयी बनिन । महामन्त्रीमा निकटतम प्रतिद्धन्दी अर्जुन नरसिंह केसीले १०१७ र गगन थापाले ५८४ मत प्राप्त गरेका थिए । कोषाध्यक्षमा चित्रलेखा यादवले १२०७, उमाकान्त चौधरीले ४५७ मत प्राप्त गरेका थिए । चौधरी सिटौला प्यानलबाट उम्मेदवार बनेका हुन । अर्का उम्मेदवार कृष्ण कार्कीले ६६ मत प्राप्त गरेका छन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई

काठमाडौं । कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण देखिएको छ । श्रेष्ठसहित उनका परिवारका पाँच जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको