कांग्रेस १३ औं महाधिबेशन: सभापतिको मत परिणाम, देउवा १४४७, पौडेल १०८०

२४ फाल्गुन २०७२, सोमबार ०५:०७ मा प्रकाशित

काठमाडौं, २४ फागुन । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आइतबार भएको निर्वाचन अन्तर्गत सभापति पदको लागि मतगणना सुरु भएको छ । अहिले सम्म गनिएको २९०० मत मध्यको प्राप्त पछिल्लो मत परिणाम अनुसार सभापति प्रत्यासी शेरबहादुर देउवाले १४४७, राम चन्द्र पौडेलले १०८० र कृष्ण सिटौलाले ३०५ मत प्राप्त गरेका छन् । आइतबार भएको मतदानमा ३ हजार १४८ मत खसेको थियो । राष्ट्रिय सभागृहमा अहिले सभापतिको मतगणना भैरहेको छ । अन्य पदको गणना भोलि मात्र हुनेछ । निर्वाचन समितिका अनुसार ३ ठाउँमा गणना भैरहेको छ र १०० मत गणना सकिने बित्तिकै थप जानकारी गराइदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्कालाई पनि हटाएको छ । खड्काले दल त्याग गरेको सूचना माओवादी

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षकालाई हटाएर स्थायी समिति गठन गरेका छन्

काठमाडौं । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका एमाले सांसद कारबाहीमा परेका छन् । नेकपा एमाले महाधिवशेन आयोजक कमिटीको

नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले २० हजार क्रियाशील सदस्यता बनाएको छ । यसका लागि पुराना सदस्यता नवीकरणसँगै नयाँ सदस्यता प्रदानसमेत गरी दोब्बर