कांग्रेस १३ औं महाधिबेशन: सभापतिको मत परिणाम, देउवा १२८४, पौडेल ९८०

२४ फाल्गुन २०७२, सोमबार ०४:४४ मा प्रकाशित

काठमाडौं, २४ फागुन । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आइतबार भएको निर्वाचन अन्तर्गत सभापति पदको लागि मतगणना सुरु भएको छ । अहिले सम्म गनिएको २६ ०० मत मध्यको प्राप्त पछिल्लो मत परिणाम अनुसार सभापति प्रत्यासी शेरबहादुर देउवाले १२८४, राम चन्द्र पौडेलले ९८० र कृष्ण सिटौलाले २६६ मत प्राप्त गरेका छन् । आइतबार भएको मतदानमा ३ हजार १४८ मत खसेको थियो । राष्ट्रिय सभागृहमा अहिले सभापतिको मतगणना भैरहेको छ । अन्य पदको गणना भोलि मात्र हुनेछ । निर्वाचन समितिका अनुसार ३ ठाउँमा गणना भैरहेको छ र १०० मत गणना सकिने बित्तिकै थप जानकारी गराइदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गैरआवसिय नेपालीहरुलाई नेपालमा पूँजीसँगै सिप र प्रविधि पनि भित्राउन आग्रह गरेका छन् । अर्थ मन्त्रालय

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ। बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बोलाइएको हो

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका वडा नं. ४ पिपलभन्ज्याङमा भएको जीप दुर्घटनामा ७ जना घाइते भएका छन् । घाईतेमध्ये २

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल इतिहासकै कठिन परिस्थितिको सामना गर्नुपर्ने अवस्थामा पुगेका छन् । उनलाई साथ दिइरहेका