पूर्ण बजेट आउने प्रचण्डको दाबी

१८ असार २०६९, सोमबार ०९:४४ मा प्रकाशित


काठमाडौं १८ असार । प्रतिपक्षी दलहरुले राष्ट्रिय सहमति नभई पूर्ण आकारको बजेट आउन नदिने बताइरहेका बेला एकीकृत नेकपा माओवादीका अध्यक्ष दाहालले पूर्ण बजेट नै आउने दाबी गर्नुभएको छ । कामचलाउ सरकारले पूर्ण बजेट ल्याउन नपाउने भन्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश गर्न नपर्ने फैसला सुनाएपछि पूर्ण बजेटका लागि सर्वोच्च अदालतले ढोका खोलीदिएको टिप्पणी गर्दै अध्यक्ष दाहालले बजेटका लागि बाटो खुलेको बताउनुभएको हो । उद्योग बाणिज्य महासंघका प्रतिनिधि मण्डलसंग आज बिहान भएको भेटमा दाहालले सर्वोच्चको फैसलाले सहज वातावरण सिर्जना गरेको भन्दै समयमै पूर्ण बजेट आउनेमा आस्वस्त हुन आग्रह गर्नुभयो । प्रतिपक्षी दलहरुले एकलौटी किसिमबाट बजेट आउन नदिने बताइरहेका बेला माओवादी अध्यक्ष दाहालले पूर्ण बजेट नै आउने दाबी गर्नुलाई विपक्षी दलहरुले अस्वाभाविक रुपमा लिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन यथावत् राखेको छ । माओवादी केन्द्र स्थायी कमिटीको मंगलबार बसेको बैठकले समर्थन

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसहित संघका २७ र प्रदेशका ५ सांसदलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपाल नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित भएको छ । नेपालले दिएको २ सय