कांग्रेस १३ औं महाधिवेशनः नयाँ नेतृत्व चयनका लागि आइतबार बिहान ८ बजे मतदान सुरु

२३ फाल्गुन २०७२, आईतवार ०९:०३ मा प्रकाशित

काठमाडौँ, २३ फागुन । कांग्रेस १३ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज आइतबार बिहान ८ बजे निर्वाचन कार्यक्रम अन्तर्गत मतदान सुरु भएको छ । बिहीवारदेखि सुरु भएको कांग्रेसको १३ औँ महाधिवेशनको अन्तिम दिन आइतबार आगामी पाँच वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयनका लागि मतदान हुन लागेको हो ।

मतदानका लागि प्रदर्शनी मार्गमा रहेको राष्ट्रिय सभा गृह चयन गरिएकोछ र अहिले बिहान ८ बजेपछि मतदान सुरु भयको निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिए । उनका अनुसार मतदान अपरान्ह ४ बजेसम्ममा सम्पन्न हुने छ ।

उनका अनुसार सभापति, महामन्त्री र कोषाध्यक्षसहितको ६४ सदस्यीय केन्द्रीय सदस्य निर्वाचनमार्फत प्रत्यक्ष निर्वाचित हुनेछन्। निर्वाचनमा कांग्रेस महाधिवेशनका लागि देशभर र विदेशमा रहेका जनसम्पर्क समितिबाट चुनिएर आएका करिब ३ हजार १ सय ६१ प्रतिनिधिहरुले मत दिनेछन् ।

कांग्रेस महाधिवेशनमा ६४ पदका लागि ३१० जना उम्मेदवारीवीच प्रतिस्पर्धा हुनेछ । सभापतिका लागि कार्यबाहक सभापति रामचन्द्र पौडेल, बरिष्ठ नेता शेरवहादुर देउवा र कृष्ण सिटौलावीच प्रतिस्पर्धा हुँदैछ भने महामन्त्रीमा शशांक कोइराला, अर्जुनरसिंह केसी र गगन थापा चुनावी मैदानमा उत्रिएका छन् ।

यसैगरी कोषाध्यक्षमा चित्रलेखा यादव, सीतादेवी यादव, उमाकान्त चौधरी र कृष्ण कार्कीवीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नजाने भएका छन् ।

काठमाडौं । पार्टी ह्वीप उल्लंघन गर्ने कर्णाली प्रदेशका चार जना सांसदलाई प्रदेश संसदीय दलले कारबाही सिफारिस गरेको छ । माओवादी

काठमाडौं । ‘अनअफिसियल ट्रान्सलेसन’ उल्लेख भएको डकुमेन्टलाई आधार बनाएर ‘रअ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको सहमति’ भनी सामग्री सम्प्रेषण