प्याकेजमा सहमति भए मात्र राजीनामा ः प्रचण्ड

UCPN Maoist Chairman Puspa Kamal Dahal (File Photo/Reuters)
१७ असार २०६९, आईतवार २१:३६ मा प्रकाशित

UCPN Maoist Chairman Puspa Kamal Dahal (File Photo/Reuters)
UCPN Maoist Chairman Puspa Kamal Dahal (File Photo/Reuters)

काठमाडौं, १७ असार । संविधान निर्माणमा प्याकेजमा सहमति भए प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजीनामा दिने एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले जनाएका छन् । आज अपरान्ह राष्ट्रपति डा. रामवरण यादवसंग भएको भेटघाटबारे जानकारी दिने क्रममा सञ्चारकर्मीहरुसंग प्रचण्डले सो अभिव्यक्ति दिएका हुन् । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा भएको भेटघाटमा राष्ट्रपति र प्रचण्डबीच राष्ट्रिय सहमति जुटाउन भइरहेका प्रयास, बजेट र संविधान निर्माणका विषयमा छलफल भएको बताइएको छ ।
राष्ट्रपति मुलुकमा राजनीतिक सहमति भएको देख्न आतुर रहनुभएको आफूले अनुभूति गरेको प्रचण्डले बताए । दलहरुबीच सहमति जुटाउनकै खातिर आफूले भोली कांग्रेस र एमालेका शीर्ष नेताहरुलाई भेट्न लागेको जानकारी पनि प्रचण्डले दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठक आह्वान गर्नुभएको छ । साउन २७ गते १: ०० बजे प्रदेश प्रमुखबाट प्रदेशसभाको

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

हुम्ला । मुगु र हुम्ला जिल्ला जोड्ने लिंक रोड निर्माण गरे पनि कर्णाली नदीमा पुल निर्माणमा ढिलाइ भएको छ ।

काठमाडौं । तीन साता बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैन । मन्त्रालयको टुंगो लाग्नु त परैजाओस्