नेपाली अमेरिकन छोरी ८ बर्षिया प्रीशाले गाइन सुमधुर गीत जति माया लाग्छ…..!

२१ फाल्गुन २०७२, शुक्रबार २३:१५ मा प्रकाशित

भर्जिनिया । आउँदो साउन महिनाबाट ८ बर्षमा प्रवेश गर्न लागेकी नेपाली अमेरिकन छोरी गायिका प्रीशाको स्वरमा समावेश गीत सार्वजनिक भएको छ।

’जति माया लाग्छ मामुको’ बोलको गीतलाई प्रीशाले मन छुने तरिकाले गाएकी छिन्। आमा र बाबु अलग बस्दा साना बालबालिकामा पर्ने मनोवैज्ञानिक असरलाई यो गीतमा उठान गरिएको छ। गीतमा प्रकाश सुवेदीले शब्द कोरेका छन्। प्रकाशले यसअघि पनि केही गीतमा शब्द कोरिसकेका छन्।

बाबु र आमा अलग बस्नु हुँदैन, यसले साना बालबालिकालाई असर गर्छ भन्ने भावलाई प्रकाशले मर्मस्पर्शी शब्द मार्फत प्रस्ट्याउने प्रयास गरेका छन्। गीतमा बसन्त सापकोटाको संगीत छ।

रमेश वावा नेपालको निर्देशनमा तयार भएको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् भने धिरज जंग शाहको छायांकन छ। गायिका प्रीज्माले वैशाख महिनामा ‘प्रीज्मा’ एल्बम बजारमा ल्याउने तयारी पनि गरेकी छिन्।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । हिजो आज अस्ट्रेलियामा पनि स्तरिय नेपाली म्युजिक भिडियो निर्माण हुन थालेका छन्। पछिलो समय अस्ट्रेलियाको विभिन्न ठाउमा छायांकन

काठमाडौं । अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मुख्य अभिनेत्रीलाई कोरोना भएपछि चलचित्र ‘घिन्ताङ’को सुटिङ सेड्युल प्रभावित

काठमाडौँ । केहि महिना अघि ‘माझी दाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत ‘ओ

काठमाडौं । नायिका गरिमा पन्त आमा बन्ने भएकीछन् । पन्तले समाजिक सञ्जालमा फाटो राख्दै आफु आमा बन्न लागेको जानकारी गराएकी