खनाल र कोइरालाबीच सहमति

१७ असार २०६९, आईतवार २१:३१ मा प्रकाशित


काठमाडौं, १७ असार । राष्ट्रिय सहमतिविना सरकारले पूर्ण आकारको बजेट ल्याए कांग्रेस र एमालेले संयुक्त रुपमा प्रतिवाद गर्ने भएका छन् । चालु आर्थिक बर्ष सकिन दुई साता मात्र बांकी रहेको अवस्थामा सरकारले एकलौटी रुपमा बजेट ल्याउने तयारी गरेको भन्दै प्रतिपक्षी दुई दलले संयुक्त रुपमा प्रतिवाद गर्ने भएका हुन् । कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनालबीच आज दिउंसो डल्लुस्थित खनाल निवासमा भएको भेटमा त्यस्तो सहमति भएको हो । उक्त भेटघाटपछि अध्यक्ष खनालले सरकार एकलौटी किसिमबाट बजेट ल्याउन लागिपरेको दाबी गर्दै त्यस कदमको संयुक्त रुपले विरोध गर्ने सहमति भएको उल्लेख गर्दै वर्तमान सरकारको विकल्पबारे कांग्रेसको धारणा मागिएको समेत जानकारी दिए । कोइरालाले पार्टीमा छलफल गरेर चांडै प्रधानमन्त्रीको उम्मेद्वार तोक्ने जवाफ दिनुभएको बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्कालाई पनि हटाएको छ । खड्काले दल त्याग गरेको सूचना माओवादी

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षकालाई हटाएर स्थायी समिति गठन गरेका छन्

काठमाडौं । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका एमाले सांसद कारबाहीमा परेका छन् । नेकपा एमाले महाधिवशेन आयोजक कमिटीको

नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले २० हजार क्रियाशील सदस्यता बनाएको छ । यसका लागि पुराना सदस्यता नवीकरणसँगै नयाँ सदस्यता प्रदानसमेत गरी दोब्बर