लरेस पुरस्कारका लागि जोकोभिक, बोल्ट, मेसीबीच प्रतिस्पर्धा

२१ फाल्गुन २०७२, शुक्रबार २३:०३ मा प्रकाशित

बर्लिन, २१ फागुन, (एएफपी) । सन् २०१५ को पुरुषतर्फको उत्कृष्ट खेलाडीका लागि नोभाक जोकोभिक, युसेन बोल्ट र लियोनल मेसीसहित विभिन्न छ जनाबीच प्रतिस्पर्धा देखिएको छ ।

लरेस विश्व खेल पुरस्कार उत्कृष्ट पुरुष तथा महिलालाई छुट्टाछुट्टै दिइँदै आइएको छ र यसबर्ष अप्रिल १६ मा एक बृहद् समारोहका बीच जर्मनीको बर्लिनमा प्रदान गरिने छ ।

जोकोभिकले यसअघि तीनवटा ग्रान्ड स्लाम पुरस्कार जितिसक्नुभएको छ भने बोल्टले विश्व खेलकुद प्रतिस्पर्धामा तीनवटा गोल्ड मेडल प्राप्त गरिसक्नुभएको छ ।

त्यस्तै अर्जेन्टिनी विश्व प्रसिद्ध फुटबल खेलाडी मेसीले सन् २०१५ को फिफा वालन डि¬–अर पुरस्कार पाउनुभएको थियो ।

फरमुला वनस् लेबिस ह्यामिल्टन, अमेरिकी बास्केटबल खेलाडी स्टेफेन करी र गल्फ खेलाडी जोर्डन स्पैथलाई पनि पुरस्कारका लागि मनोनयन गरिएको छ ।

महिलातर्फ प्रसिद्ध अमेरिकी टेनिस खेलाडी सेरेना विलियम्स पनि महिलातर्फका छ जना भित्र मनोनयनमा पर्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

मुम्बइ । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ ।

नयाँदिल्ली । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेञ्जर्स बैंगलोरले विजयी सुरुवात गरेको छ । शुक्रबार भएको उद्घाटन

विश्वकै सर्वाधिक लोकप्रिय क्रिकेट लिग, इन्डियन प्रिमियर लिगको चौधौं संस्करण आजबाट सुरु हुँदैछ । कोभिड- १९ को प्रकोप खेपिरहेको भारतले

लन्डन । युएफफा च्याम्पियन्स लिगअन्तर्गत बिहीबार बिहान सम्पन्न तेस्रो क्वार्टरफाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्माइन (पिएसजी) र इग्लिस क्लब चेल्सी