काँग्रेस १३ औँ महाधिवेशन: बन्द सत्रमा महामन्त्रीको प्रतिवेदन पेस

२१ फाल्गुन २०७२, शुक्रबार २२:४१ मा प्रकाशित

काठमाडौँ, २१ फागुन । नेपाली काँग्रेसको १३ औँ महाधिवेशनको बन्द सत्रमा महामन्त्री प्रकाशमान सिंहले महामन्त्रीको प्रतिवेदन पेस गर्नुभएको छ ।

बन्द सत्रमा प्रस्तुत गरिएको विधान संशोधनको प्रस्तावमा केन्द्रीय कार्यसमितिलाई बढी समावेशी बनाउने विषयवस्तु समेटिएको पार्टी प्रचार विभाग प्रमुख डा मीनेन्द्र रिजालले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । बन्द सत्रमा प्रस्तुत हुने प्रस्तावमा महाधिवेशन प्रतिनिधिको सुझावानुसार परिमार्जन गरी पारित गरिने कार्यक्रम छ ।

बन्द सत्रमा देशभरका तीन हजार १७५ महाधिवेशन प्रतिनिधिको सहभागिता छ । आज अपराह्नदेखि सुरु भएको बन्द सत्र शनिबार सम्पन्न गरी आइतबार आगामी कार्यकालका लागि केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने महाधिवेशनको कार्यतालिका रहेको निर्वाचन समितिले जनाएको छ ।
आजको बन्द सत्र साँझ ५ः३० बजे सम्पन्न गरी पत्रकार सम्मेलन गरिने प्रचार विभाग प्रमुख डा रिजालले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन यथावत् राखेको छ । माओवादी केन्द्र स्थायी कमिटीको मंगलबार बसेको बैठकले समर्थन

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसहित संघका २७ र प्रदेशका ५ सांसदलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपाल नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित भएको छ । नेपालले दिएको २ सय

काठमाडौं । नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशनको सन्दर्भमा पार्टीको क्रियाशील सदस्यताको विवरण केन्द्रमा बुझाउने समयावधि पुनःथप गरेको छ । जिल्ला